Latest Updates :

धादिङमा बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो, मृतकमध्ये १३ को सनाखत (अपडेट)


SHARE THIS POST :

धादिङबेसी: धादिङको मार्पाक–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढि घाइतेको भएका छन्। घाइते मध्ये १३ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्वरको बस मंगलबार मार्पाक–६ लपाङफेदीमा दुर्घटना भएको थियो। दुर्घटनामा पर्नेहरु अधिकांश सरकारले भूकम्पपीडितहरुलाई घर बनाउन दिएको ५० हजार रुपैयाँ अनुदान लिएर जाने उत्तरी धादिङका स्थानीयबासीहरु रहेको स्थानीय मरिचमान तामाङले जानकारी दिए।
धादिङवेशीको टिकट काउन्टरबाट ३० जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा बीच बाटोमा थप यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ।
मृतकमध्ये १३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सत्येदेवी–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीयको मृत्यु भएको छ।
यसैगरी सत्येदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, वडा नम्बर ८ कै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको पहिचान खुलेको छ।
त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ। घटनालगत्तै काठमाडौंमै रहेका कांग्रेस धादिङका सभापति रमेश धमला हेलिकप्टर लिएर घटनास्थल पुगेका थिए।
उनी गएको हेलिकप्टरबाट ६ गम्भीर घाइतेलाई तत्कालै काठमाडौं पठाइएको र थप ७ जनालाई नेपाली सेनाको हेलिकप्टर झिकाएर उपचारका लागि शिक्षण अस्पताल महाराज पठाइएको धमलाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थल पुगेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv