Latest Updates :

​दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र दिदी घाइते


SHARE THIS POST :
प्रकाशित मिति: मङ्लबार, भदौ २८, २०७३

चट्याङ लागेर दाङमा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सोमबार राति परेको चट्याङले बाघमारे–३ का १६ वर्षे पवन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनको मंगलवार बिहान राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै चट्याङ लागेर पवनका आमा जुद्धकुमारी र दिदी रेणुका घाइते भएका छन् ।
उनीहरुको राप्ती अञ्चल अस्पताल उपचार भइरहेको छ । राति सुतिरहेको अवस्थामा चट्याङ लागेर तीनै जना घाइते भएका थिए ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv