Latest Updates :

नेपालका सरकारी पाइलटलाई २ लाख तलब, विदेशीलार्इ १६ लाख !


SHARE THIS POST :
सत्यखबर
काठमान्डौ १३ असोज:

राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन्।सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ- निगमकै चिनियाँ जहाज उडाउनआएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन। आजको नागरिक दैनिकमा खबर छ । वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ जहाज कमान्ड गर्न आएका न्यूजिल्याण्डका प्रशिक्षक पाइलटपेनिटालाई वायु सेवा निगमले मासिक १५ हजार अमेरिकी डलर १५ लाख ९० हजार रूपैयाँ तलब दिने सम्झौता गरेको छ।
आफूसँग रहेका एक मात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले अमेरिकाको स्थायी बसोबास (ग्रिनकार्ड) रहेको भन्दै अकस्मात राजीनामा दिएपछि निगमले बाध्य भएर ठूलो रकम तिर्ने गरी ती पाइलट ल्याएको हो ।‘एक वर्षदेखि थन्किएको जहाज उडाउन नसकेर आपतै परेपछि विदेशी पाइलटलाई महिनाको झन्डै १६ लाख रुपैयाँ दिने सम्झौता गरी काममा लगाएका छौं,’ सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, ‘आफ्नै पाइलटलाई भने अहिलेसम्म आकर्षक तलब दिन सकिएको छैन । अहिलेलाई बाध्य भएर विदेशीलाई त्यति दिनुप¥यो ।’उनका अनुसार प्रशिक्षक पाइलट पेनिटासँग पहिलो चरणमा तीन महिना उडान गर्ने गरी सम्झौता गरिएको छ । उनलाई दैनिक ५ सय डलर (५३ हजार रुपैयाँ) दिने सम्झौतामा उल्लेख छ । यस हिसाबमा उनले मासिक करिब १६ लाख रुपैयाँ हात पार्नेछन ।‘तीन महिनामा उनले निगमबाट ४५ हजार डलर (४७ लाख ७० हजार रुपैयाँ) पारिश्रमिक स्वरूप लानेछन्,’ ती अधिकारीले भने, ‘फेरि सम्झौता कस्तो छ भने चिनियाँ उडे पनि र नउडे पनि उनको पारिश्रमिक भने पाकिरहन्छ । तीन महिनामा एउटै उडान नभए पनि उनले सम्झौताअनुसारको रकम पाउँछन ।’

उनका अनुसार आवश्यक परे तीन महिनापछि पनि पेनिटासँगको सम्झौताको म्याद थपिन सक्छ । बजार हिस्सा ओगट्न र उपस्थिति जनाइरहन पनि ठूलो रकम लगानी गरिएको हो । यो सुरुवाती लगानी हो ।आकर्षक तलब पाएका प्रशिक्षक पाइलट पेनिटाले बुधबारै वाई१२–ई जहाज कमान्ड गरी दुई उडान भरेका छन् । यो जहाजले बुधबार बिहान काठमाडौंबाट पोखरा र भैरहवाका लागि एक–एक उडान गरेको हो । सिमरा उडान गर्ने पूर्वघोषणा गरिए पनि विविध कारण हुन नसकेको निगमको भनाइ छ ।‘लामो प्रयासपछि वाई१२–ई जहाजले नियमित उडान सुरु गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘न्युजिल्यान्डबाट प्रशिक्षक पाइलट आएपछि जहाज उडेको हो । यो जहाज उडाउन हामीसँग १० जना को–पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको थियो ।’उनका अनुसार प्रशिक्षक पाइलट पेनिटाले जहाज कमान्ड गर्दै तीन महिना निगमका को–पाइलटलाई निश्चित घन्टा उडाउँछन र स्तरोन्नति गरी क्याप्टेन बनाउने छन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv