Latest Updates :

स्वास्थ्यमन्त्री गगन थापालाई गंगामायाको अपिल, सक्नुहुन्छ भने छोराका हत्यारालाई सजाय दिनुहोस्


SHARE THIS POST :


काठमाडौँ, १६ भदौ : वीर अस्पतालको निरीक्षणमा गएका स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई पनि भेटेका छन्।

बिहीबार अस्पताल निरीक्षणको लागि पुगेका स्वास्थ्य मन्त्री थापाले आइसियुमा नै अनशनरत अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मन्त्री थापाले आयसियुमा छिरेपछि गंगामायाको अवस्थाबारे उपचारमा संलग्न डाक्टरहरुसँग जानकारी लिएका थिए। मन्त्री थापाले जानकारी लिएपछि डाक्टरहरुले गंगामायालाई गगन थापाको परिचय दिँदै स्वास्थ्यमन्त्री ज्यूलाई केही भन्नु छ ? भनेर सोधेका थिए।

त्यसको प्रतिउत्तरमा अधिकारीले भनिन्, आफ्नो छोराको अपराधीलाई कारबाही गरिदिनुस् भने, तर पनि पाँच वर्ष भइसक्यो कारबाही भएको छैन। तर अहिलेसम्म न्याय पाइएको छैन। न्यायको भीख माग्दा माग्दै श्रीमान वित्नु भयो।

गंगामायाले आफ्नो छोराको हत्यामा संलग्न छ जना रहेको र तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिन्। उनले भनिन्, छ जना छन् मेरो छोरा मार्ने ती अपराधीलाई कानुनी दायरमा ल्याउन सक्नुहुन्छ भने ल्याइदिनुहोस्। सक्नुहुन्न भने मलै ओढेको कात्रो बेर्न दिनुहोस्। मैले त्यति भन्न बाँकी छ। अरु मेरो भन्नु केही पनि छैन। अरु भन्न पनि सक्दिनँ। छोरालाई कन्चटमा गोली हाने। छोरालाई गोली हानेको भन्दा पनि मलाई ओछ्यानको फाँसी लागेको छ। यस्तोमा त प्रधानमन्त्रीको नजर लाग्दैन भने तपाइँ हामी जस्तोको के हाल होला ?

गंगामायासँगको भेटमा मन्त्री थापाले आज बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने जानकारी दिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv