प्रकाशित मिति: बिहिवार, भाद्र ३०, २०७३
काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि भारतको औपचारिक भ्रमण सुरू गर्दैगर्दा सत्तारुढ दल भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले कालापानी र लिपुलेकका विषयमा बिबादास्पद अभिव्यक्ति दिएका छन् । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बिहीबार बिहान कुरागर्दै भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे ९० प्रतिशत नेपाली जनतालाई थाहा नभएको दाबी गरे । ‘९० प्रतिशत नेपाली जनतालाई कालापानी र लिपुलेकबारे थाहा छैन’, उनले भने, ‘धेरै नेपालीले त्यो स्थान देखेका पनि छैनन् ।’ प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला लिपुलेक र कालापानीको बिबाद कुटनीतिक रुपमा उठाउन सुझाव आइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले बिबादास्पद अभिव्यक्ति दिएका छन् । भाजपा नेता कोश्यारीले कालापानी र लिपुलेकबारे नेपालीहरूलाई धेरै चासो नरहेको भन्दै सीमित व्यक्तिलाई अनावश्यक बिबाद उठाउने गरेको उल्लेख गरे ।
Post a Comment