Latest Updates :

यो हो सुनको ट्वाइलेट ! हेर्नका लागि मात्र होइन दिसापिसाब नै गर्न पाइने


SHARE THIS POST :

तपाइँले सुनको कपडा, सुनको बटन, सुनको दाँत तथा सुनको फ्रेमका बारेमा त सुन्नुभएको होला । तर के तपाइँले सुनको ट्वाइलेटका बारेमा कहिल्यै सुन्नुभएको छ ?


सुनको ट्वाइलेटमा दिसा पिसाब गर्न पाउनुभयो भने आफुलाई सायद दुनियाकै भाग्यमानी ठान्नुहुन्छ होला । अमेरिकाको न्युयोर्कमा एउटा सुनको सार्वजनिक ट्वाइलेट छ, जसमा आगन्तुकले मज्जाले दिसापिसाब गर्न पाउँछन् ।
यो ट्वाइलेट निर्माणमा कति रकम खर्च भयो र म्युजियममा कहिलेसम्म यो ट्वाइलेट सिट राखिन्छ भन्ने बारेमा चाहीँ केही खुलाइएको छैन ।
न्युयोर्कमा रहेको गुगेनहेम नामक संग्राहलयमा सुनको ट्वाइलेट छ । म्युजियम घुम्न आउने जो कोहीले यो ट्वाइलेटको प्रयोग गर्न पाउँछन् । यो ट्वाइलेट सिट १८ क्यारेट सुनबाट बनेको छ । इटालीका एकजना कलाकार क्याटिलेनले यो ट्वाइलेट तयार पारेका हुन् । सुनका छुट्टाछट्टै टुक्रा जोडेर यो ट्वाइलेट सिट तयार पारिएको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv