Latest Updates :

दसैंका लागि बसको टिकट आजदेखि खुला


SHARE THIS POST :

काठमाडौं, साउन ७ । दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्ला भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुन लागेको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।


टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा  यात्रु सहायता कक्ष हुनेछ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ । तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ ।
बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ । कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।
नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv