Latest Updates :

चलचित्र ‘हिटलर’का लागि नायिका अभाव, १९ देखि २४ बर्षसम्मकि आर्यन फेस भएकि नायिकाको खोजी... कोहि हुनुहुन्छ भने सम्पर्क गर्नुहोस>>>


SHARE THIS POST :

नेपाली चलचित्रमा नायिकाको खडेरी नै लागेको छ । नायिकाको संख्या दर्जनौ भएपनि चलचित्र बनाउनेले हरेक पटक नयाँ नायिका नै खोजिरहेका छन् । नयाँ नायिका नपाएर कैयौ चलचित्रका छायांकन प्रभावित भएका छन् । एउटा चलचित्र खेलेर दर्जन बढी नायिका कामविहिन भएका छन् ।
hitler-film-team
यसैक्रममा, चलचित्र ‘हिटलर’को छायांकन पनि नायिका अभाव कै कारण प्रभावित भएको छ । निर्देशक सौरभ ढकालले नायिकाको खोजी भैरहेकाले तत्काल छायांकनमा जान नसकिएको बताए । नायकको रुपमा भने सोहित मानन्धर पक्का भैसकेका छन् ।

निर्देशक ढकालले १९ देखि २४ बर्ष भित्रकी आर्यन लुक्सकी नायिकाको खोजी भैरहेको बताए । उनले भने-‘हामीलाई क्यारेक्टर अनुसार चरित्र निर्वाहा गर्ने नायिका चाहिएको हो । केहीको अडिसन समेत लिएपनि सुहाउँदो अनुहार फेला पारेका छैनौ ।’

अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले अष्टनारायण पिक्चर्ससँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो । रोमान्टिक कमेडी कथामा यो चलचित्र बन्ने छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv