Latest Updates :

तातोपानी सुकेपछि रोगीलाई समस्या,बर्सेनि लाग्ने मेला पनि बन्द....


SHARE THIS POST :


रसुवा, चिलिमे गाविसको मध्यभागमा रहेको प्राकृतिक तातोपानी सुकेपछि बर्सेनि लाग्ने मेला बन्द भएको छ ।

तातोपानी क्षेत्रमा लामो समयदेखि होटल व्यवसाय गरी बसेका हर्क घलेका अनुसार २०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै हराएको तातोपानी सात दिनपछि औँला जत्रो निस्किए पनि अहिले बन्द भएको छ । तातोपानी नुहाउनका लागि प्रत्येक वर्ष चैत र कात्तिकमा मेला लाग्ने गरेको बताइएको छ ।


तातोपानी नुहाएपछि बाथ, चर्मरोग, पिनास, गानुगोला समेतका रोग निको हुने विश्वास रहिआएको थियो । यस्ता बिरामी सात दिनसम्म बसी नियमित नुहाउने गरेको अनुभव रसुवा यार्सा गाविस आरुखर्कका समाजसेवी बहादुर लोप्चन बताउनुहुन्छ ।

नुहाउने मानिसको आगमनले त्यस क्षेत्रको आयमा कमी आएपनि तामाङ सम्पदा मार्ग भएका कारण हिमाली प्राकृतिक छटाको अवलोकन गर्न विदेशी पर्यटकको आगमन भने नियमित भइरहेको होटल व्यवसाय गर्ने घलेको भनाइ छ ।

तातोपानी कता दबेको भन्ने अध्ययन गरी यथास्थानमा ल्याउने कार्यमा सहयोग पु¥याइदिन विशेषज्ञसमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् । करिब तीन किमी तल चिलिमे खोलामा नयाँ तातोपानी निस्केको छ, त्यहाँ झन्डै सात इन्च बराबरको पानी पहाडको काखबाट त्यही पानी तल झरेको हुनसक्ने अनुमान भएकाले संरक्षण गरी सदुपयोग गर्न आफ्नो संस्था अगाडि बढिरहेको चिलिमेगाउँमा रहेको साम्बालिङ युवा क्लबले जनाएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv