Latest Updates :

व्यवसायीलाई अपहरणको धम्की दिँदै ठग्ने पूर्वमन्त्रीलाई सधाउने इन्सपेक्टर पक्राउ


SHARE THIS POST :
प्रकाशित मिति: मंगलबार, भाद्र २१

ललितपुर : अपहरण तथा शरीर बन्धक बनाएको उजुरीका आधारमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा इन्सपेक्टर अनिल पण्डित पक्राउ परेका छन् ।

ललितपुरको ताल्छिखेल बस्दै आएका गुप्तालाई र ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर अनिल पण्डितलाई आज दिउँसो ललितपुर परिसरको टोलिले पक्राउ गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

गुप्तले ललितपुरका एक उद्यमीसँग ५० लाख रकम माग गरेको र नदिएमा अपहरण गर्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । इन्सपेक्टर पण्तिले ७५ हजार गुप्तलाई सहयोग गरेबापत लिइसकेको पनि अनुसन्धानबाट खुलेको छ ।


इन्सपेकटर अनिल पण्डित रातो घेरा भित्र

करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितको लामो समयदेखि गुप्तासँग सम्बन्ध रहेको पनि भेटिएको छ ।

पूर्वमन्त्री गुप्ता अपहरणकै मुद्दामा लामो समय जेल सजाय भोगेर केही समय अघि रिहा भएका थिए ।
जिल्ला प्रहरी कार्यालय ललीतपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इश्वर कार्कीका अनुसार गुप्तालाई प्रहरी हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ । र, पण्डितलाई म्याद थप गरेर मुद्धा चलाउने तयारी भैरहेको बताएका छन् ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv