प्रकाशित मिति: मंगलबार, भाद्र २१,
काठमाडौं : सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
खेलका सिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीराको उपचारका लागि ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।
मन्त्रीपरिषद बैठकले औपचारिक निर्णय गरेपछि मीराले सहयोग रकम पाउनेछिन् । भोजपुरको दुर्गम बस्तीको गरिब परिवारमा जन्मिएकी मिरा पूर्व माओवादी छापामार हुन् ।
शान्ति प्रक्रियापछि अयोग्य लडाकुको सूचीमा परेकी मिराले अल्ट्रा म्याराथनबाट संसारमा नेपाललाई चिनाइन् । मिरा अल्ट्रा म्याराथनको विश्वको नं २ स्थानमा छिन् ।
मिराले फ्रान्समा भएको ८० किलोमिटरको ‘मोन्ट ब्लंक म्याराथन’को उपाधि पनि जितेकी थिइन् । मिराले ८२ किलोमिटरको ‘मोन्ट ब्लंक म्याराथन’मा मीरा पहिलो भएकी थिइन् ।
Post a Comment