Latest Updates :

eGlobe News: आँगनमा खेलिरहेको चार बर्षिय बालिकालाई यसरी चितुवाले लग्यो:


SHARE THIS POST :

रासस/भाद्र १९, बैतडी ।
 जिल्लाको तल्लोस्वराडमा हिजो साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ । बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । आँगनमा रहेकी बलिकालाई आक्रमण गरी चितुवाले लगेको हो । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दुरीमा पर्छ । यसअघि गत भदौ ४ गते पनि तल्लोस्वराडको उदयदेव–९ मकैल ब्याल्धमका हीरा चन्दका सात वर्षीया छोरी चञ्चलाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो । तल्लोस्वराडमा चितुवाको आक्रमणवाट पाँच वर्षयता २१ जनाको ज्यान गइसकेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv