Latest Updates :

आज सिताराम कट्टेल (धुर्मुस)को जन्मदिन, शुभकामनाको ओइरो - See more at:


SHARE THIS POST :

असोज, काठमाडौं । आर्टिस्ट धुर्मुस अर्थात सिताराम कट्टेलको आज (असोज ४ गते) जन्मदिन हो । हाँस्य कलाकारको छवि बनाएका सिताराम यतिखेर कलाकारीता भन्दा पनि सामाजिक कार्य गरेर चर्चा र पुण्य कमाएका छन् । टेलिभिजनको पर्दामा हँसाउँदै आउँदा जुनरुपले उनलाई दर्शकले चिन्थे अहिले उनको परिचय अझ ठुलो भएको छ । उनले गरेका सामाजिक कार्य प्रशंशनिय भएकोले यतिखेर धुर्मुस् सबैको वाह वाहमा छन् ।


नेपालमा गएको बिनाशकारी भुकम्प पछि अनबरत रुपमा भुकम्प पिडितहरुको घर बनाउन लागिपरीरहेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर सिन्धुपाल्चोकको गिरान्चौरमा छन् । उनीहरु त्यहाँका भुकम्प पिडितहरुलाई घर निर्माण गरीदिनमा ब्यस्त छन् । यो भन्दा अघि काभ्रेमा पनी २० वटा धुर्मुस सुन्तली नमुना बस्ती बनाएर हस्तान्तरण गरेका थिए ।

हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आफुलाई धुर्मुस भनेर चिनाउन सफल मानिएका सितारामले ‘गितान्जली’, ‘जिरे खुर्सानी’, ‘तितो सत्य’, ‘मेरीबास्सै’ जस्ता चर्चित टेलिश्रृंखलामा अभिनय गरीसकेका छन् । साथै उनले केहि चलचित्रहरुमा अभिनय पनि गरीसकेका छन् । अहिले सिताराम र कुञ्जना मिलेर ‘धुर्मुस सुन्तली फाउण्डेसन’ मार्फत बिभिन्न सामाजिक कार्य गर्दै आएका छन् । जुन कार्य देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीले कदरयोग्य काम भएको भन्दै प्रशंशा गरेका छन् ।

साथै सितारामको आज परेको जन्मदिनमा यतिखेर सामाजिक सञ्जालमा शुभकामना दिनेहरुको ओइरो लागेको छ । साथै उनलाई बिहानै देखी म्यासेज तथा फोनबाट जन्मदिनको शुभकामना दिनेहरुको ओइरो लागेको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv