Latest Updates :

नेपालगन्जबाट सुर्खेत जाँदै गरेको एक यात्रुबहाक बस देउरालीमा दुर्घटना हुँदा २९ जना घाइते,६ गम्भिर - See more at:


SHARE THIS POST :

कोहलपुर भाद्र २६ । नेपालगन्जबाट सुर्खेत जाँदै गरेको एक यात्रुबहाक बस देउरालीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ना ३ ख ४७३५ नम्बरको बस चिसापानी ४ देउराली नजिक दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुमध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब ३० मिटर तल भिरमा रुखले अड्याएको छ । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरीले उद्वार गरेका छन् । घाइतेहरुको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा बसले अर्को गाडिलाई ओभरटेक गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश काफ्लेले बताए । उनले दुर्घटना भएको स्थलमा पानी परेका कारण सडक चिप्लो रहेकाले पनि बस दुर्घटना भएको हुन सक्ने बताए । -
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv