Latest Updates :

के तपाई बासी भात फ्याँक्नुहुन्छ ? नफ्याँक्नुस्, यसमा पनि हुन्छ स्वास्थ्यवर्द्धक तत्व - see more


SHARE THIS POST :

काठमाडौं,  भदौ — राति धेर भएको भात बासी हुन्छ अनि त्यो खाँदा स्वास्थ्य बिग्रिन्छ भनेर मान्छेले फ्याँकिदिने गर्छन् । फ्याँकेनन् भने पनि जनावरलाई खान दिन्छन् ।

तर तपाईंलाई थाहा छ, बासी चामल हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ नि । फ्याँकिहाल्नुभन्दा पनि बासी भातलाई माटोको भाँडोमा रातभरि भिजाएर राख्नुस् अनि बिहानको नाश्ताका रूपमा खानुस् । यसको सेवनले शरीरका कैयौं समस्या समाधान हुन्छन् ।

शरीरको तापक्रम नियन्त्रण
बासी चामलको चुरो चिसो नै हुने हुनाले यसलाई दिनदिनै खाँदा शरीरको तापक्रम नियन्त्रणमा रहन्छ ।

कब्जियतबाट राहत
बासी चामलमा भरपूर मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ ।

शरीरको ऊर्जा
यसको सेवनले ऊर्जा प्राप्त भएर शरीर तरोताजा हुन्छ ।

अल्सरको घाउ
तपाईंलाई अल्सरको समस्या छ भने बासी चामलको सेवन गर्नुहोस् । हप्तामा तीनचोटि बासी भात खाँदा अल्सरको घाउ निको हुन्छ ।

चियाकफीको लत छुटाउँछ
तपाईंलाई ज्यादै चिया र कफी पिउने बानी छ र यो लतबाट छुटकारा चाहनुहुन्छ भने बासी भात खान शुरु गर्नुस् ।
पञ्जाब केशरी-

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv