Latest Updates :

देउसी टोलीले 'प्रम ओलीलाई खोज्याछन्' भनेपछि जुरुक्क उठेर ओली फनन नाचे...


SHARE THIS POST :

१५ कात्तिक ।काठमाडौं : रिपोर्टर्स क्लबको नेतृत्वमा रहेको सञ्चारकर्मीहरुको देउसी टोली आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा पुग्यो। सबै भेला भइसकेपछि सञ्चारकर्मीहरुले ओलीलाई पनि उठेर सँगै नाच्न आग्रह गरे। तर उनी टसको मस भएनन्। मुसुमुसु हाँसी मात्रै रहे।
यता देउसी टोलीले विभिन्न प्यारोडी गीत सहित नाचगानमै व्यस्त थियो। यतिकैमा टोलीले 'प्रधानमन्त्री ओलीलाई खोज्या छन्' भनेर भाका हालेको मात्रै थियो उनी जुरुक्के र एक फन्को मारिहाले।
यतिकैमा प्रधानमन्त्रीसँग चलिरहेको वार्ता केको विषयमा केन्द्रित छ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले जवाफ नै दिन चाहेनन्। बरु कुरा मोड्दै भने, 'देउसी पावरफुल छ। मलाई पनि जुरुक्कै उठाउनुभो। तपाईंहरु पनि मजाले खेल्नुस्।'
अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रस्तावमा नेपाली कांग्रेसको समर्थनमा आएको हो? भनेर पनि उनलाई प्रश्न राखियो। तर उनको ध्यान देउसीमै थियो र पुन: भने, 'ननाच्ने मान्छेलाई पनि जुरुक्के पार्नुभो। देउसी साँच्चिकै पावरफुल छ।' पहिलोपोस्टबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv