Latest Updates :

झापादेखि ताप्लेजुङ हुँदै चीन जोड्ने सडक चाँडै


SHARE THIS POST :
प्रकाशित मिति: बिहिबार, अशोज २०, २०७३

काठमाडौं । झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गर्ने बताएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले चीनसँग जोड्ने उक्त सडक छिट्टै निर्माण गर्ने काममा आफूले पहल गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले यसको विशेष महत्व भएको बताए ।

प्रधानमन्त्रीले उक्त सडकलाई थप वजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने बताए ।

उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv