आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३६ । योग सं. ३७ । कार्तिक महिनाको १५ गते सोमवार ।
अँग्रजी मितिः ई.सं. २०१६ अक्टोबर महिनाको ३१ तारिख ।
योगः आयुष्मान योग, २३:२३ बजेपछि सौभाग्य योग ।
तिथीः शरद् ऋतु कार्तिक शुक्लपक्षको प्रतिपदा तिथी, २३:५२ बजेपछि द्वितीया तिथी ।
नक्षत्रः स्वाती नक्षत्र, ११:३८ बजेपछि विशाखा नक्षत्र ।
करणः किंस्तुघ्न १०:४८ बजेसम्म उपरान्त बव करण ।
चन्द्रमाः तुला राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६:१५ बजे ।
काठमाडौंमा सूर्यास्तः १७:१९ बजे ।
राहुकालः ०७:३८ बजेपछि ०९:०१ बजेसम्म ।
आजको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन सकारात्मक रहेको हुनाले व्यापार व्यवसायीले राम्रो लाभ गर्नसक्नु हुनेछ । दाम्पत्य एवम् भौतिक सुखमा बृद्धि हुनजानाले जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने वा प्रेमप्रस्ताव आउनसक्ने सम्भावना छ भने भौतिक उपयोगका साधनस्रोत पनि जुट्ने छन् । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनाले कामकार्यमा मन जाने र मानसिक सन्तोष मिल्नेछ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग र विपरित लिङ्गीसँगको समझदारीपूर्ण कार्य फापसिद्ध हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने छ । केही महत्त्वपूर्ण काम सम्पादन गरी पौरख देखाउन सकिनेछ । सही ढङ्गले समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता पनि हात लाग्नेछ । स्वकार्यबाट राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने छ । आरोग्यता र कान्तिमा बृद्धि हुनाले अकर्षण पनि बढ्ने छ । रोकिएर रहेका काम पूरा गर्न सकिने छ । आज यहाँलाई हरियो रङ्ग, छ अङ्कको प्रयोग शुभ रहने छ भने शिव भगवानको श्रद्धाभक्ति उपयुक्त हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन बुद्धिविवेकको प्रयोग गर्न पाइने खालको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । कला कुशलता बढ्ने र सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक लाभ गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको व्यवहारिक प्रयोग शुभ हुनेछ भने विद्यार्थी भाईबहिनी वा शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले काम कार्यमा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजश दिन सक्नेछन् । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत मिल्नेछ । आज तपाईले जनव्यवहारमा आवश्यकभन्दा बढी सरोकार नराखेकै राम्रो हुनेछ । भइपरि आउने दैनिकी कामकार्यमा सकारात्मक चिन्तनको साथमा लाग्नु भएमा सम्भावित प्रतिकूलतालाई कम गर्न र केही काम बनाउन सकिनेछ । आज आमा वा आमासमानकी व्यक्तित्त्वको मार्गदर्शन लिनु आज यहाँको लागि विशेष शुभप्रद हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति एवम् जोशजाँगर बढेर आउने रकाम गर्न मनग्य रुचि बढ्ने छ । रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । तपाईँको पौखर देखेर मान्छेहरुले प्रशंसा पनि गर्नेछन् । मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने छ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । समयको अनुकूल प्रभावले लाभ एवम् सफलता प्राप्त हुँदा उत्साह तथा उमङ्ग बढ्नेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । आज तीन अङ्क, हरिया रङ्गको प्रयोग र भगवान अर्धनारेश्वरको दर्शनभक्ति गर्नु शुभप्रद हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन बोलीवचनको प्रभाव बढ्ने क्रममा गोचरको प्रभाव देखिन्छ । समुन्नती लाई बढाउने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुनसक्ने छ । धुकुटीमा धनधातु तथा खजानाको बृद्धि हुनेछ । मान्छेहरुलाई वाणी तथा प्रवचन–भाषण एवम् तर्कले प्रभाव पार्नसकिने छ र प्रशंसा पनि मिल्नेछ । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थप्नेछ । भने शुभसमाचार प्राप्त हुनाले वातावरण रमाइलो हुनेछ । परपाहुनाको सेवासत्कारमा व्यस्त रहन पर्ने पनिसम्भावना रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको प्रयोगलाई प्रार्थमिकता दिनु लाभकर हुनेछ भने भगवान शिवको कृपा प्राप्त गर्ने उपाय अवलम्बन गर्नु श्रेयस्कर हुनेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ग्रह केही बाधक अबस्था हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशीयालीप्रद रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा स्वागत सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कोसेली आदि पनि मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा लगानीको पनि सम्भावना देखिन्छ । पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । प्रेमसम्बन्ध गाँसिने तथा जोडिएको सम्बन्ध मज्बुत बन्नेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्ग र ग्रहबाधा निवारणको लागि भैरवदेवको दर्शन भक्ति शुभ हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही कठिनाई तथा संघर्षको सामना गर्नपर्ने देखिएको छ । साविकभन्दा बढी नै मेहनत गरेरमात्रै केही सफलता पाउन सकिएला । त्यस्तै आज खर्च पनि बढीमात्रामा हुनसक्ने र कामकार्यहरुमा पनि बाधाबिघ्नता आउनसक्ने सम्भावना छ । हतार नगरी धैर्य र संयम धारण गर्ने गरेमा सम्भावित खतिक्षतिबाट बच्न सकिनेछ । तनाब लिनुभन्दा प्रतिकूल समयलाई टर्न दिनु उचित हुनेछ । सावधानिपूर्वक गरिने कार्यले केही लाभ पनि दिनेछ । यहाँको लागि आज तीन अङ्क र पहेंलो रङ्गको प्रयोगएवम् शिवाराधना शुभप्रद हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचरग्रह यहाँको पक्षमा रहेको छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने दिन छ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी समय तथा अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको पनि सम्भावना देखिन्छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ ।समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने भगवान श्रीगौरी शङ्ककरको स्तुति गर्नुले थप सफलता मिल्ने छ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको दिन छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ । केही उच्चपदस्थ मान्य व्यक्तित्त्वसँग सम्बन्ध विस्तार हुनसक्ने छ । राज्यतहबाट बनाउनपर्ने कार्य बनाउनको लागि पनि अनुकूल दिन रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने भगवान शिवको श्रद्धाभाव बढाउनु हितकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन साविकभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । दीर्घरोगीहरुले निकै सावधानी अप्नाउनु होला । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटकजन्य खतरा पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारको लागि इष्टदेवको साधना बढाउनु उपयुक्त हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
Post a Comment