Latest Updates :

प्रधानमन्त्री प्रचण्डलाई युएईको निम्तो, बमलाई आममाफी दिन प्रधानमन्त्रीको आग्रह


SHARE THIS POST :
काठमाडौं, कार्तिक ११-

नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निमन्त्रणा गरेका छन् ।
राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए । धानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताए ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराए । भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv