Latest Updates :

फेसबुकका विरुद्धमा एकाएक चितवनमा विशाल र्याली


SHARE THIS POST :

चितवन, ११ कार्तिक । सामाजिक सञ्जालले समाज भत्काउँदै गएकाे भन्दै चितवनमा विशाल सचेतना र्याली निकालिएकाे छ । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालले संसारलाई जोडेनुका साथै, पुराना संस्कार, सामाजिक मुल्य मान्यता पनि भत्काउँदै गएकाे भन्दै त्यसबाट सचेत बन्न याे र्याली निकालिएकाे अायाेजकले जनाएका छन् ।
सामाजिक सञ्जालले विश्वलाई एउटा गाउँमा रुपान्तरण गरेसँगै विश्वभरका विकृति अहिले नेपाली समाजमा छिरेका छन् । त्यसको व्यापक दुरुपयोग भएका कारण समाजमा विभिन्नखाले विकृति पनि देखापरेका छन्। कम्प्युटर, ल्यापटपबाट मात्रै नभएर खल्तीमा अटाउने मोबाइल सेटबाट सहजै चलाउन मिल्ने सामाजिक सञ्जालले कतिपय प्रयोगकर्तालाई असामाजिक पनि बनाएको छ।

सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा देखापरेका विकृति  रोक्न प्रयोगकर्ता सचेत र सरकार सशक्त हुनुपर्ने भन्दै बुधबार भरतपुरमा महिलाले प्रदर्शन गरेका छन्।

 'लत नबनोस् फेसबुक । सामाजिक सञ्जाल : समाज जोड्दै कि तोड्दै? सामाजिक सञ्जाललाई असामाजिक नबनाऔं, साइबर अपराध र सामाजिक सञ्जालबाट हुने अपराध रोक्न प्रहरी एकजुट होस्, फेसबुकजस्तो सामाजिक सञ्जालको दुरुपयोग नगरौं, दुरुपयोग गर्नेलाई सम्झाऊँ' जस्ता प्लेकार्ड बोकेर महिला र्‍यालीमा सहभागी भए।

'हाम्रो यो अभियान सबैलाई सजग गराउने, दुरुपयोग गर्नेलाई निरुत्साहित गर्ने र सरकारलाई कारबाहीका लागि दबाब दिन सुरु भएको हो,' महिला नेत्री सरिता केसीले भनिन्।

महिलाले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग रोक्न ज्ञापनपत्र पनि बुझाए। 'सामाजिक सञ्जाल तथा अनलाइनहरूमा जथाभाबी लेख्ने, अश्लील सामग्री राख्ने, शिष्टाचार र नैतिकताभन्दा बाहिर गएर व्यक्ति र संस्थामाथि लाञ्छना लगाउने, सामाजिक सद्भाव भड्काउने जस्ता विषयप्रति सरकार गम्भीर हुनैपर्छ। त्यसो गर्नेलाई कारबाही हुनुपर्छ,' ज्ञापनपत्रमा उल्लेख छ। कानुन नै बनाएर यस्ता कुरामा कडाइ गर्नुपर्ने महिलाको माग छ।

'सामाजिक सञ्जाल दुरुपोगविरुद्धको अभियान चितवन' नामक संस्थाको आयोजनामा र्‍याली निकालिएको हो। यो अभियानमा चितवनमा क्रियाशील विभिन्न ३१ संघसंस्था आबद्ध छन्। 'सामाजिक सञ्जालको दुरुपयोग रोक्ने यो अभियानलाई हामी चितवनबाट देशव्यापी बनाउने योजनामा छौं,' ज्ञापनपत्र बुझाउँदै अन्तरपार्टी महिला सञ्जाल, चितवन संयोजक संगीता भट्टराईले भनिन्। सामाजिक सञ्जालको दुरुपयोग हुँदा महिलाहरू नै बढी मारमा परेको उनले सुनाइन्। सामाजिक सञ्जालबाट गालीगलौज र लाञ्छना लगाउनेमात्रै नभएर यसबाट आत्महत्या र हत्यासम्मका घटना हुने गरेका छन्।

'चितवन जिल्ला प्रहरी कार्यालय, महिला सेलमा आउने धेरैजसो अपराधका उजुरी फेसबुकका कारण महिलालाई परेका मर्कासँग सम्बन्धित छन्। गालीगलौज र चरित्रहत्या मात्रै नभएर फेसबुकबाट बसेको प्रेम सम्बन्धले हत्यासम्म भएका घटना प्रहरीमा पुगेका छन्,' भट्टराईले भनिन्। त्यसैले दुरुपयोग रोक्न बेलैमा जाग्न आवश्यक भएको उनको भनाइ छ।

'हाम्रो यो अभियान सबैलाई सजग गराउने, दुरुपयोग गर्नेलाई निरुत्साहित गर्ने र सरकारलाई कारबाहीका लागि दबाब दिन सुरु भएको हो,' महिला नेत्री सरिता केसीले भनिन्। र्‍यालीको समीक्षा गरी आगामी कार्यक्रमको रुपरेखा छिट्टै तयार गरिने उनले बताइन्।

र्‍यालीमा सहभागी शकुन्तला हमालले सामाजिक सञ्जालको दुरुपयोग रोक्न व्यक्ति सचेत र सरकार सशक्त हुनुपर्ने बताइन्। भरतपुर चौबीसकोठीबाट महिलाले निकालेको र्‍याली चितवन जिल्ला प्रशासन कार्यालयमा पुगेर सकिएको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv