Latest Updates :

चितवनको देवघाटमा यसरी दियो कुकुरलाई बलि, यो सम्भबत नेपाल कै पहिलो घटना हो !


SHARE THIS POST :

चितवन । पवित्र तिर्थस्थल देवघाटधाममा कुकुरको बलि दिइएको छ। देवघाटको तनँहुपट्टि वेणी संगम स्थल नजिकै रहेको अघोरी बाबाको आश्रममा दशैको अष्टमीका दिन बलि दिइएको हो।

देवघाटमै बस्दै आएका अखण्ड बाबा ले पञ्चबलीको नाममा डुलुवा कुकुरलाई समातेर स्थानीय माइला भन्ने शंकर बोटेलाई काट्न लगाएको स्थानीय सोम बोटेले जानकारी दिए। उनी देवघाटमा १० बर्ष भन्दा लामो समयदेखि बस्दै आएका छन्।

शंकरले आफुले अखण्ड बाबाले भनेर कुकुर काटेको र अघोरी बाबाको आश्रममा कुकुरको खुन चढाएको स्वीकार गरेको सोमले बताए। बलि दिइएको कुकुरलाई आश्रम नजिकै गाडीएको छ। कुकुर गाडीएको क्षेत्रमा स्थानीय प्रशासनले ४ जना प्रहरी खटाएको छ।

कुकुरको बलि दिइएको घटना पहिलो पटक थाहा भएको स्थानिय प्रशासनले जनाएको छ। यस्ता घटनाले विकृति बढ्ने भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ। देवघाट क्षेत्रविकास समितीले यसबारेमा छलफल गर्न सर्वदलिय बैठक समेत आव्हान गरेको छ।

ुकुकुरको बलि दिएको कुरा जानकारी आएको छ , देवघाट क्षेत्रविकास समितीका अध्यक्ष टंकनाथ पौडेलले भने, अनुसन्धान हुदैंछ , तथ्य कुरा आएपछि धार्मिक क्षेत्रको आचारसंहिता अनुसार समिति अगाडी बढ्छ।ु

पौडेलले आफू अध्यक्ष भएसँगै देवघाट क्षेत्रलाई मासं, मदिरा निषेधित क्षेत्र बनाउने अभियान सञ्चालन गरिरहेको बताए। ुधार्मिक क्षेत्रलाई कसरी शुद्धता ल्याउने भन्ने बारे गृहकार्य भइरहेका बेला दशैको अवसर पारेर कुकुरको बलि दिइएको खवर आएको छु, उनले भने, ुस्थानीय पनि ससंकित छन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv