Latest Updates :

विवाह समारोहमा आत्मघाती आक्रमण, १४ को मृत्यु


SHARE THIS POST :

दमास्क, १८ असोज । सिरियाको हसकाह प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्यगरी एक विवाह समारोहमा गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

सो विवाह समारोहमा पसेर आत्मघाती बम आक्रमणकारीले आफैलाई बम पड्काएको सिरियामा रहेको मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्सले जनाएको छ ।
घटनामा परी घाइते भएकाहरु मध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यस घटनाको अहिलेसम्म कसैलेपनि जिम्मेबारी लिएको छैन । तर यसअघि यस्तै आक्रमण गर्दै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको यसमा हात रहेको प्रहरीले आशङ्कका गरेको छ ।
यस क्षेत्रमा कुर्दिस सुरक्षाबल र सिरियन सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएका छन् ।

रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv