Latest Updates :

भारतीय राष्ट्रपतिको सुरक्षाका लागि भारतबाटै बुलेट प्रुफ विशेष गाडी ल्याइदै


SHARE THIS POST :

काठमाडौं, १४ कार्तिक । भारतीय राष्ट्रपति प्रणब मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।

काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् । उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको  छ ।

तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन । मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।

मुखर्जीको सुरिक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv