लाइट नेपाल
काठमाडौं, १९ असोज । सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यो हप्ताको सुरुदेखि नै घट्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
Post a Comment