Latest Updates :

मुटुमा करेन्ट पठाउने नयाँ प्रविधिबाट काभ्रेमा पहिलो पटक उपचार


SHARE THIS POST :

काठमाडौं - अचानक मुटु बन्द भएर हुने मृत्युबाट जोगाउने आइसिडी (इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर) प्रविधिबाट काभ्रेमा एक व्यक्तिको सफल उपचार भएको छ ।
मुटुको धड्कन नियन्त्रण गर्ने उक्त नयाँ प्रविधिबाट बनेपाका ५८ वर्षिय केशव गौतमको सफल उपचार भएको हो । शिर मेमोरियल अस्पतालमा करिब दुई घण्टाको शल्यक्रियापछि गौतमको शरिरमा आइसिडि प्रविधि जडान गरिएको हो । नर्भिक अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा शिवजी बिक्रम सिलवालको टोलीले उक्त पचार गरेका हुन् ।

डा. सिलवाल शिर मेमोरियल अस्पतालमा हप्तामा एक पटक सेवा दिन जान्छन् । दुई पटक हृदयाघात भएर दुवैपटक एन्जियोप्लाष्टी गरेका गौतमको मुटुको चाल अचानक बन्द हुँदै बेहोस हुने समस्याबाट छुटकारा दिलाउन उक्त प्रविधिको जडान गरिएको डा. सिलवालले बताए । डा सिलवालका अनुसार आइसिडि प्रविधि अत्याधुनिक पेसमेकर हो । यस्ले मुटुको चालमा अनियमितता हुँदा हुने असामयिक मृत्युबाट जोगाउँछ । ‘यसले मुटु भित्र सक दिएर चाललाई समान्य बनाउँछ,’ उनले भने, ‘यस्तो प्रविधिको उपचार काभ्रे जिल्लामै पहिलोपटक गरिएको हो ।’ सामान्यतया मानिसहरुले मुटु धड्किएको सुन्छन् । यसरी मुटु धड्किन मुटुमा करेन्ट बग्नुपर्छ । मुटुमा करेन्ट बगेन भने मानिस बाँच्न सक्दैन ।

विभिन्न कारणले मुटुमा करेन्ट प्रवाह हुन सकेन भने मुटु बन्द हुन्छ । हृदायाघात भएका बिरामीस्मा यो खतरा झन् बढी हुन्छ । जुनसुकै बेलामा पनि अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने खतरा रहन्छ । त्यही सम्भावित खतराबाट जोगाउन र मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाह गर्न गौतमको शरिरमा उक्त प्रविधि जडान गरिएको डा. सिलवालले जानकारी दिए । डा सिलवालका अनुसार आइसिडी गौतमको छातिमा राखिएको छ । उक्त आइसिडीको तार मुटुमा लगेर जोडिएको छ ।

मुटुको करेन्ट उत्पादन हुने ठाँउमा लगिएको उक्त तारले मुटुमा करेन्ट उत्पादन हुन सकेन भने मात्र काम गर्छ । यो प्रविधिले मुटुको चाल स्वचालित रुपमा अवलोकन गरेर बसिरहेको हुन्छ । मुटुको चाल सामान्य अवस्थामा छ भने निष्क्रिय हुन्छ । केही गर्दैन । जब मुटुको चाल घटेको छ भने सक्रियता देखाउँछ र करेन्ट उत्पादन सुरु गर्छ र मुटुलाई चलाउँछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv