पेशावर – सन् १९८५ मा न्यासनल जियोग्राफिक म्यागजिनको कभर फोटोमा तस्विर छापिएपछि ‘हरियो आँखा’ भएकी अफगान युवती एकाएक विश्वभर चर्चित बनिन् ।
तर, शरबत गुला नाम गरेकी यी महिला यतिबेला पाकिस्तानको हिरासतमा छिन् । स्थानीय मिडियाका अनुसार उनी फर्जी पाकिस्तानी कागजातसहित पेशावरबाट पक्राउ परेकी हुन् ।जिओ न्युज च्यानलका अनुसार उनलाई फेडेरल इन्भेस्टिगेसन एजेन्सीले मंगलबार फर्जी पाकिस्तानी परिचय पत्रसहित पेशावरको नोथियाबाट पक्राउ गरिउको थियो ।
घटनापछि उनलाई फर्जी परिचय पत्र दिने पाकिस्तानको नेसनल डाटाबेस बलम रेजिस्ट्रेसन अथोरिटीका तीन कर्मचारीलाई निलम्बित गरिएको छ ।हाल ४० वर्षको उमेर आसपासमा रहेकी शरबतमाथि फर्जी कागजात दिएर पाकिस्तानमा बसिरहेको भन्दै अनुसन्धान भइरहेको थियो ।गत वर्ष एनएडीआरएले शरबतसहित तीनजनालाई फर्जी कागजात दिएको थियो । बाँकी दुई जना शरबतको छोरा भनिएपनि उनको परिवारले भने दुई जनालाई चिन्न सकेनन् ।हाल पाकिस्तानमा ३० लाख अफगान शरणार्थी बसोबास गरिरहेका छन् ।
तस्विर खिच्दा १२ वषर्की रहेकी शरबतको तस्विर एउटा शरणार्थी क्याम्पबाट लिइएको थियो ।सन् २००२ मा उनलाई अफगानिस्तानको एउटा विकट गाउँमा भेटिएको थियो । उनले विवाह समेत गरिसकेकी थिइन् ।
Post a Comment