Latest Updates :

९ सय आइएस लडाकु मारिए


SHARE THIS POST :
प्रकाशित मिति: शुक्रबार, कार्तिक १२, २०७३
अमेरिकी जनरलले इराकी सहर मोसुलले सरकारी नियन्त्रणमा ल्याउने प्रयास स्वरुप भएको निर्णायक लडाइँमा ८-९ सय आइएस लडाकु मारिएको दाबी गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्ड चिफ भोटेलले एएफपीसँगको कुराकानीमा आइएस लडाकुले स्थानीय जनतालाई ढाल बनाउने गरेकाले लडाइँ कठिन भएको बताएका छन्।डेढ हफ्ता पहिले सुरु भएको अभियानमा ५ हजार आइएस लडाकु लडाइँमा संलग्न भएको सरकारी अनुमान थियो। त्यसयता अमेरिकी सेना समर्थित इराकी तथा कुर्द सेनाले चारैतिरबाट आक्रमण थालेका छन्। इराकी र कुर्दिस फौजले जमिनमा लडाइँ गरिरहँदा अमेरिकी सेनाले हवाई आक्रमण मार्फत् आइएस लडाकुलाई मोसुलबाट भगाउने प्रयत्न गरिरहेको छ। यसरी लडाइँ महिना वा हप्तामै सकिने टुंगो नभएको बताइएको छ।

यता आइएस विरुद्धको कारबाहीमा अमेरिका, इराकी र कुर्दिस गरी ५० हजार सैनिक सलग्न रहेका छन्। त्यसबाहेक सयभन्दा बढी अमेरिकी उच्च सैनिक अधिकारीले संयुक्त फौजलाई आवश्यक निर्देशन सहित सघाइरहेका छन्।जनरलले एएफपीसँगको कुराकानीमा भनेका छन्, ‘डेढ हप्ता अवधिको लडाइँमा हामीले आठ नौ सय आइएस लडाकु मारिएको पाएका छौं।’

उता आइएस लडाकुको आक्रमणमा परी अहिलेसम्म ५७ जना इराकी सैनिकको मृत्यु भएको र २ सय ५० जना घाइते भएको बताइएको छ। पेशामर्गा लडाकुतर्फ २०देखि ३० जना मारिएको सरकारले बताएको छ।

आइएस लडाकुका सयौं लडाकु मारिएपनि इराकले मोसुल नजिकै पुग्दा आइएसले आक्रमण तिब्र बनाउने चेतावनी दिएको छ। आइएसले इराकी फौज मोसुलतर्फ लम्किरहँदा मोटार्स, रकेट्स, बम आदिबाट आक्रमण गरिरहेको छ। यही कारण इराकी फौज मोसुलको ६ किलोमिटर वर नै रोकिएको छ।

कमान्डर जेनरल हैदर फादिलले एएफपीसँगको कुराकानीमा थप सैनिक टुकडी ब्याकअपका लागि आएसँगै मोसुल प्रवेश गर्र्ने जनाएका छन्। ‘तर कारबाही रोकिएको छैन। योजना अनुसार अगाडि बढिरहेको छ,’ जनरले भनेका छन्।

यसैगरी विश्व स्वास्थ्य संगठनले ९० जना प्रशिक्षित इराकी डाक्टरलाई युद्ध मैदानमा खटाएको छ। आइएसले रासाययिन हमला गर्ने सम्भावना रहेको बताउँदै उनीहरुलाई तैनाथ गरिएको इराकी सरकारका प्रवक्ताले बताएका छन्।

आइएसले पहिले रासायनिक हतियार प्रयोग गरेर आक्रमण गरेको थियो र फेरि पनि गर्ने सम्भावना अनुमान गर्दै सतर्कता अपनाइएको हो। मोसुलमा अहिलेपनि दशलाख भन्दा बढी सर्वसाधारण बसिरहेका छन्।

युएनले हालै जारी गरेको तथ्यांकले भने ११ हजार ७ सय सर्वसाधारण मोसुल छाडेर सिरिया तर्फ प्रवेश गरेको देखाएको छ। उसले थप ७ हजार बासस्थल छाडेर हिंड्ने सम्भावना रहेको देखाएको छ।

तर धेरै जना बाहिरिए शरणार्थी शिविरमा ठाउँ खाली नहुने नर्वेजियन शरणार्थी शिविर प्रमुख कार्ल सेचम्बरीले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले करिब २ लाखलाई आपतकालिन सेवा चाहिन सक्ने भन्दै आफूहरु त्यसका लागि तयार भएको जनाएको छ। त्यसमा पनि ९० हजार बालबालिकालाई र ८ हजार गर्भवती महिलालाई भ्याक्सिन चाहिन सक्ने संगठनको अनुमान रहेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv