दिपावलीमा धनकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ । तर माता लक्ष्मीको साथसाथ गणेशको पनि पूजा गर्ने गरिन्छ । गणेशलाई विघ्नबाधा नाश कर्ताको रुपमा मानिन्छ । त्यसैले कुनै पनि शुभ कार्य सुरु गर्नुभन्दा पहिले गणेशजी को पूजा गरिन्छ ।
कुनै पनि कार्य शुरु गर्नुपूर्व त्यसमा बाधा आउने आशंका रहन्छ । गणेश जीको पूजा पश्चात मनमा विश्वास तथा आत्मबल बलियो हुन्छ । अब आँटेको सम्पूर्ण कार्य निर्विघ्न समाप्त हुने कुरामा ढुक्क पनि भइन्छ । तसर्थ माता लक्ष्मीको पूजा गर्नुपूर्व श्री गणेशको पूजा गर्ने गरिन्छ ।
श्री गणेशलाई विद्या तथा बुद्धिको स्वामी पनि मानिन्छ । अनि लक्ष्मीसँगै गणेश पूजाको मुख्य कारण पनि यहि हो । धन को साथसाथ बुद्धि पनि सधै साथमा रहोस् । धन हुनेसँग बुद्धि छैन भने त्यो धनको सही सदुपयोग हुन सक्दैन । प्राय के देखिन्छ भने मानिससँग धन आउना साथ मनुष्यको विवेकमा बिक्रो लाग्ने गर्छ । उनीहरुमा नकारात्मक सोंचले घर बनाउन थाल्छ । अनि मनमा छलकपटले समेत जन्म लिन थाल्छ । गणेशले हामीलाई सद्बुद्धि देउन र त्यो सदबुद्धिको आश्रयले हामीले धनआर्जन गर्नसकौं र धनको सही दिशामा उपयोग गर्न सकौं भनेर नै गणेश पूजाको ठूलो महत्व छ ।
अनि मा सरस्वतीको पूजा गर्नु पछाडिको राज पनि त्यही हो । विद्यानै मनुष्यको असल धन हो । देवी सरस्वतीले हामीलाई ज्ञानको प्रकाश तथा उच्च शिक्षाको वरदान दिउन यस्तै कामना यो वर्षको लक्ष्मी पूजा तथा दिपावलीमा गरौं ।
Post a Comment