Latest Updates :

बेलायतमा हृदयाघातले ३९ बर्षको अल्पायुमै आमा लग्यो, छोरा छोरि नेपालबाट भेट्न गएको भोलि पल्ट आमाको निधन,छोराछोरीको विचल्ली,


SHARE THIS POST :
लाइट नेपाल

लन्डन,उनलाई कल्पनासम्म थिएन सानै उमेरमा त्यो नियति भोग्नु पर्ला भनेर। कल्कलाउंदो र करिअर बनाउने उमेरमा आमा बितेपछि प्रियाश्री बुढाथोकी क्षेत्री (बिसी) मा कम बज्रपात परेन । केही मनकारी नेपाली सहयोग बोकेर निवास पुग्दा उनले गहभरी आंशु पार्दै भनिन् ‘न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै । यति टाढा सात समुद्रपार आएर पनि नेपाली चेलीलाई यस्तो विपदपर्दा जुन सहयोग र आश्वासन दिनु भयो, मेरो मरिसकेको इच्छा पुन: एकपटक पलाएर संसारमा मानवता भन्ने चिज अझै जिवितै रहेछ भन्ने लाग्यो । म यो सहयोग र तपाईंहरुले देखाउनुभएको सद्भाव जिन्दगीभर भुल्ने छैन् ।’
छोरि प्रिया
रुकुमकोट, रुकुममा जन्मिएर यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टका रुपमा कार्यरत ३९ वर्षीया विष्णुकुमारी बुढाथोकीको गत अक्टोबर १२ तारिख हृदयाघातबाट अल्पायुमै निधन भएपछि निजी खर्चमा एमबीबीएस दोश्रो वर्षमा अध्ययनरत छोरी प्रियाश्री र छोरा प्रितम प्रतापका आंखा ओभाना छैनन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv