कलाकार कुञ्जना घिमिरे सांस्कृतिक परिवारमा जन्मेकाले सानैदेखि तिहारको हरेक पक्षको रमाइलो छाप परेको बताउँछिन् ।
उनी भन्छिन् तिहार भनेको देउसीभैलो, दाजुबहिनीको सम्बन्ध, भाइटीका, रंगोली, झिलिमिली बत्ती, सेल नै हो क्लबमार्फत देउसीभैलो खेलेर तीनचार रात बिताएको अनुभव उनलाई आज पनि ताजा नै लाग्छ ।
देउसीभैलोका लागि गुन्यू चोली लगाएर गएको अहिले पनि उनलाई सम्झना छ । भन्छिन् नाच्दा लगाउने गहना शिरबन्दी, शिरफूल आफ्नै हातले बनाउथेँ। गीत पनि आफैं गाउने, नाच्ने पनि आफैं। थाकेर लखतरान परिन्थ्यो।
लालटिन बालेर देउसीभैलो खेल्दै हिँड्थ्यौं। हामी नाचेको देखेर सबैले स्याबासी दिन्थे। त्यसैले प्रेरणा प्रदान गर्थ्यो। अहिले सम्झिदा लाग्छ फेरी पनि ति दिन फर्किने भए ।
Post a Comment