Latest Updates :

साउदीमा क्षतिपूर्ति माग्दै नेपाली कामदार


SHARE THIS POST :
काठमाडौं, असोज १६

एकबर्ष अघि रोजगारीका लागि साउदी अरेविया पुगेका एक नेपालीले दुर्घटनामा परेर दुवै खुट्टा भाँचिए पनि कानून अनुसार क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । रोजगारीका लागि गल्फ स्टील वक्र्स कम्पनीमा पुगेका शशीकुमार राई गत मे ५ तारिखका दिन दुर्घटनामा परेका थिए । दुवै खुट्टा भाँचिएका उनी हाल अपरेशन पश्चात खुट्टामा स्टील हालेर सामान्य हिंडडुल गर्ने भएका छन् ।

दुर्घटना भएको चार महिना वितिसक्दा पनि कम्पनीले आफूलाई क्षतिपूर्ति नदिएको भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन जिफन्ट सपोर्ट ग्रुप साउदी अरवमा निवेदन दिएका छन् । क्षतिपूर्ति माग्दा कम्पनीले वेवास्ता गरेको उल्टै काम गर्न बाध्य बनाएको राईको गुनासो छ । उनले आफूलाई क्षतिपूर्ति भन्दै केहि दिन अगाडी कम्पनीले ७ सय रियाल दिएको बताए । सो आफ्नो दुई खुट्टाको मूल्य ७ सय रियाल मात्र नभएको भन्दै वास्तविक क्षतिपूर्ति उपलव्ध गराउने वातावरणका मिर्लाइदिन निवेदनमा उल्लेख गरेका छन् ।

राईको निवेदनलाई आफूहरुले साउदीस्थीत नेपाली दुतावासमा आवश्यक सहयोगको आग्रह सहित पठाएको जिफन्ट साउदीका प्रतिनिधि राज तामाङले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

‘लोग्ने छैन जहाँ जे गरेपनि भयो नी’ भन्ने वचनले बसिसक्नु छैन

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv