Latest Updates :

दुर्घटनामा दिबंगत पुर्बमंत्रीको भूतले एसपी कुँवरलाई फोन गरेपछी::::यसरी खुल्यो रहस्य


SHARE THIS POST :

काठमाडाैँ : मुग्लिन जीप दुर्घटना हुँदा त्रिशुली नदीमा बेपत्ता भएका पूर्व  गृहमन्त्री तथा  मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आयो।

बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलको घण्टी बज्यो। उनले फोन उठाउँछु भनेर हेर्दा, माधव घिमिरेको नम्बर देखियो। झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो। यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो। उनले त्यसपछि फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो।

बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहेका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई सुनाएका थिए।

याे पनि पढ्नुहाेस्
कसरी भयो पूर्वगृहमन्त्रीको गाडी दुर्घटना?

त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो । खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला पर्‍यो।

घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिए। दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको अहिले पनि खोजी भइरहेको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv