Latest Updates :

अबैध तरिकाले दिन २ गुना रात ४ गुना ब्याज असुल्ने खतरनाक गिरोह प्रहरीको फन्दामा: २ करोड बरामद ! १२जना फरार सहित अन्य करोडौं करोड पत्ता लाग्दै >>>>


SHARE THIS POST :

वीरगन्ज : गैर कानुनी रुपमा चर्को ब्याज लिएर कर्जाको लेनदेन र मुद्राको अवैध ओसार पसार (हुण्डी) को कारोबार गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ।

वीरगन्जबाट आइतवार प्रहरीले अवैध वित्तिय कारोबार गर्ने गिरोहका १२ जनालाई ८१ लाख रुपैया नगद र एक करोड ३२ लाख रुपैयाको चेक सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको मुजफरपुर स्थायी घर भएका ५५ वर्षिय सन्तोष जैन , उनकी श्रीमति ५० वर्षिया उषा गोयन्का , छोरा ३२ वर्षिय विक्की भन्ने अकुंर जैन , पर्साको लंगडी गाविस वडा नम्बर १ घर भएका ३३ वर्षिय सुनिल कुमार पटेल,वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ प्रगतीनगरका २३ वर्षिय जीवन ठाकुर रहेका छन् ।

१२ जनालाइ पक्राउ गरे पनि प्रहरीले पाँच जनालाई मात्र सार्वजनिक गरेको छ । अरु सात जनाका बारेमा अनुसनधान भइरहेकाले तत्काल उनीहरुलाइ सार्वजनिक नगरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले आइतवार साँझ आयोजित पत्रकार सम्मेलनमा बताए ।
वीरगन्ज उपमहानगर पालिका वडा नम्बर ७ रेशमकोठीमा अवस्थित सन्तोष जैनको घरमा रहेको न्यु नेहा ओभरसीजमा आइतवार दिउँसो छापा मारेर प्रहरीले १२ जनालाइ नगद रकम र चेक सहित पक्राउ गरेको हो ।
छापामारीका क्रममा जैनको घरमा रहेको न्यु नेहा ओभरसीजको कार्यालयबाट ८१ लाख चार हजार १० रुपैया नगद , विभिन्न बैंकको नाममा काटिएको एक करोड ३२ लाख ७८ हजार नौ सय रुपैयाको चेक २४ थान , ल्यापटप एक थान , फयाक्स मेशीन एक थान , पैसा गन्ने मेशीन एक थान , मोबाइल सात थान , विभिन्न बैंकको चेक बुक ६ थान प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सन्तोष जैनकी श्रीमति उषा गोयन्काको नाममा दर्ता रहेको न्यु नेहा ओभरसीजले वाणिज्य तथा आपुर्ति मन्त्रालयको वाणिज्य विभागबाट लिएको प्राइभेट फर्म दर्ताको प्रमाणपत्रमा सुर्तीजन्य वस्तु, निर्माण सामाग्री, खाद्य सामाग्री , सुनचाँदीको गरगहना तथा सजावटका समानको मात्र कारोबार गर्ने उल्लेख छ ।

तर न्यु नेहा ओभरसीजले वीरगन्जका विभिन्न उद्योगपति एंव व्यपारीहरुसंग गैर कानुनी रुपमा चर्को ब्याज दरमा कर्जा लगानी गर्ने तथा अवैध रुपमा मुद्राको ओसार पसार (हुण्डी) लगायतका अवैध वित्तिय कारोबार गर्दै आएको सुराकीको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतवार खटिएको प्रहरीको टोलीले जैनको घरमा छापा मारेर कारोबारमा संलग्न १२ जनालाइ पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए।

नेपाल राष्ट्र बैंकको स्वीकृति बिना कुनै पनि रकम निक्षेप , संकलन , ओसार पसार , लेनदेन गर्नु अवैध वित्तीय कारोबार भित्र पर्छ , न्यु ओभरसीजबाट १२ जनालाइ नियन्त्रणमा लिएका छौ , उनले भने ,‘ अहिले पाँच जनालाइ मात्र सार्वजनिक गरेका छौं ,बाँकी सात जनाका बारेमा अनुसन्धान भइरहेको छ।

प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका मध्ये जैन , उनकी श्रीमति गोयन्का र छोरा विक्की मुख्य सन्चालक रहेको तथा अरु दुइ जना पटेल र ठाकुर कर्मचारी रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । बरामद भएका चेकमा पटेल र ठाकुरको पनि हस्ताक्षर रहेको भेटिएकाले उनिहरुलाइ पनि नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । पक्राउ परेकाहरुलाइ बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०६३ अन्तर्गत मुद्धा चलाइने प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv