Latest Updates :

अनावश्यक यातनाका बिरुद्धमा ७ हजार श्रमिक हडतालमा..


SHARE THIS POST :

मलेसिया । मलेसियाको एक कम्पनीका श्रमिकहरुले विभिन्न माग राखी कम्पनीमा काम हडताल गरेका छन । मलेसियाको निलाइ स्थीत डव्लु आर पि एसिया प्यासफिक ग्यलोभ कम्पनीमाू कार्यरत नेपाली, बङगाली, भेतनामी, म्यानमार, ईन्डोनेसिया लगाउतका श्रमीकहरु सोमबार बाट लगातार हडतालमा उत्रीएका हुन ।

कम्पनी प्रशासन तथा एच आर म्यानेजरले श्रमीक माथी अभ्रद्र व्यावहार गरेको, भने जस्तो सेवा सुविधा नदिएको, अनावश्यक छेडखन गर्ने , कम्पनी बाहिर पनि जहाँ भेट्यो त्यहि पकेट चेक गर्ने, कुटपिट गर्ने, हस्पिटल नलिने, मेडिकल सर्टिफिकेट स्विकार नगर्ने ,भिषा अबधि पुरा हुदा पनि घर फर्कन नदिने, होस्टेलबाट बाहिर किनमेल गर्न जांदा प्रमेशन लेटर लिनुपर्ने तर लेटरमा म्यानेजरले हस्ताक्षर नगरिदिदा बहिर जना नपाउने, कदम कदाचित बाहिर आबश्यक सामान किन्न गएको थाहा पाएपछि पैसा काट्ने , खानपिन राम्रो नदिने, सुतेको समयमा पनि होस्टेलमा अनावश्यक चेक गर्ने जस्ता मानसिक टचर दिने लगायतका ज्याददि बिरुद्ध श्रमिकहरुले हडताल गरेका हुन ।

सो कम्पनीमा करिव ३ हजार नेपाली पुरुष र महिला सहित ७ हजार आप्रवासी श्रमीक कार्यरत रहेका छन् । श्रमिकको समस्या बारे नेपाली दुताबास मलेसियामा जानकारी भयोको र दुताबासबाट प्रतिनिधिहरुले कम्पनि प्रशासन संग भटेको तर श्रमिक संग नभेटको त्यहाँ स्थित श्रमिक जि।पि एसके ले हामीलाई जानकारी दिए ।

कम्पनीको ज्यादती सहन नसकेर धेरै श्रमिकहरु अबैधानिक भै अन्यत्रै काम गर्ने गरेको श्रमिकहरु बताउछन । कम्पनीको यस्तो ज्याददि बारे नेपाल स्थित सम्बन्धित म्यानपावरहरुमा खबर गर्दा पनि कुनै पहल नलिएको बरु उल्टै श्रमिकहरु निरन्तर पठाई रहेको श्रमिकको गुनासो रहेका छ । नेपालबाट थुप्रै म्यानपावर एेजेन्टहरुले यस कम्पनीमा कामदारहरु पठाई रहेका छन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv