सउल, दक्षिण कोरिया
october ,25
तिहारको मार्मिक “दैला माथी तस्बिर हेर्दै”… बोलको गितको म्युजिक भिडियो सार्वजानिक:
दक्षिण कोरियामा कार्य ब्यस्तताका बाबुजुत पनि जुझारु सामजिक अभियन्ताहरुको समुहले तिहार भाइ टीका सम्बन्धी आधुनिक मर्मस्पर्शी गित गायन /संगीत भरेर रेकर्ड गरि बनाएको ” दैला माथी” बोलको गितको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ।
पत्र पत्रिका ,एफ एम, टेलिभिजन र सामजिक संजाल फेसबुक मार्फत तिहारको बिशेष कोशेलिको रुपमा सार्वजानिक भएको छ।
केही समय अघि यस गितको “प्रोमो” फेशबुक मार्फत सार्वजानिक गरिएको थियो ।
सार्वजानिक भएकै दिन सयौंले आफ्नो वालमा शेयर गर्नुका साथै दशाैं हजारले हेरेको र राम्रो प्रतिकृया आइरहेकोले मोडल तथा निर्देशक गान्धिब सुबेदीले खुशी ब्यक्त गर्नु भएको छ।
गितको भाबमा परदेशिको कथा ब्यथा लाई सहि कलात्मक यथार्थ परकले भिडियोमा उतारेर बनाएको हुँदा एकपटक सबैले हेरिदिन पनि अनुरोध गर्नुभएको छ।
नेपालीहरुको दोश्रो महान पर्व तिहार त्यसमा पनि बिशेष दिन भाइ टीका दाजुभाइदिदिबहिनिहरुको प्रेम सद्भाव र आशिर्वाद सात्ने दिनको रुपमा लिइन्छ!
तर दुर्भाग्य भनौ वा बाध्यताले लाखौ दाजुभाइ दिदिबहिनिहरु आफ्नो जिबिकोपार्जन गर्ने क्रममा रोजगार वा कार्य बिशेषले बिदेशिनु परेको छ!
यस्तै प्रवाशीहरुको बास्तबिक कथा ब्यथा र पिडालाई कुशल शब्द, रचना, कर्णप्रिय स्वर संगीत र वास्तविक यथार्थपरक ढंगको अभिनय र उत्कृष्ट छायांकन र सम्पदनमा निर्माण भएको भिदियो तिहार अघि नेपालको सम्पुर्ण टेलिभिजन र देश बिदेशमा बसेर हेर्नको लागि युट्युबमा सार्वजानिक हुने कुरा गायक बिकास बिकले बताउनु भएको छ!
पब्लिक फिगर सकृय युवा सामाजिक अभियन्ता यम श्रेष्ठ को पनि पहिलोपटक स्कृनमा मुख्य अभिनय भुमिका र जुझारु सामाजिक अभियन्ता तथा कलाकार युवाहरु गान्धिब सुवेदी र नगेन्द्र थापाको पहिलो देब्यु संयुक्त निर्देशन रहेको हुँदा झन यस गित र भिदियोलाइ कोरियाबासी नेपाली समुदायको बिशेष पर्खाइमा रहेको छ।
आफ्नो मौलिक चाडपर्व, संस्कृति र परम्परालाई जहाँ रहेपनी हामिले संरक्षण र सम्बर्द्धन गर्नुपर्छ अनि जहाँ रहेपनी सबैलाई यसको झझल्को र सम्झना आइरहन्छ यहि तर्कना र बेदनालाई सन्त्वना दिने खालको गित भएकोले सबैले मन पराउनु हुनेछ भन्ने बिश्वास यस गितका रचनाकार तथा निर्देशक नगेन्द्र थापाले बताउनु भयो ।
बिकास बिकको स्वार र संगीत , नगेन्द्र थापा को शब्द रचना, नगेन्द्र थापा मगर र गान्धीब सुबेदिको संयुक्त निर्देशन रहेको यस गितको भिदियोमा कलाकारहरु यम श्रेष्ठ , बिना पुन , बेद कुमार श्रेष्ठ ,बुद्द कुमारी श्रेष्ठ , को अब्बल अभिनय रहेको छ ।भने पेन्जी योङगको छाँयाकन रहेको छ । सम्पादन बिनोद श्रेष्ठको रहेको छ ।
गायक र गितकार द्वयको “थाहै नपाइ” नामक एल्बम सार्वजनिक भएको थियो सोही एल्बमको ३ वटा एल्बमको म्युजिक भिदियो पनि टेलीभिजन युट्युब्मा सार्वजानिक भइसकेको छ ।
पछिल्लो समय कोरियामा कार्य ब्यस्तताका बाब्जुत पनि बचेको समयलाई सहि सदुपयोग गर्दै आफ्नो प्रतिभालाई विभिन्न गित , संगीत, नृत्य, साहित्य र कलामा उज्जागार बनाउने र मनोरञ्जन प्रदान गर्ने सर्जक र कलाकारहरुको संख्या दिनप्रतिदिन बढ्दाे छ।
निकै रुचाएको यस तिहार पर्व भाइतिका सम्बन्धी आधुनिक गित देश बिदेश कुना कन्दरामा बज्नेछ र सबैको माया मिल्नेछ।
सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
भिदियो हेर्नको लागि तलको भिदियो क्लिक गर्नुहोला ।मन परेमा अवश्य पनि एक श्येर गरिदिनुहोला।
Post a Comment