Latest Updates :

तिहार मनाईरहेका हिन्दु माथि आक्रमण, १५ मन्दिर र सयौं घरमा तोडफोड


SHARE THIS POST :

काठमाडौं । तिहार मनाईरहेका हिन्दु माथि बंगलादेशमा आक्रमण भएको छ । त्यहाँको एक आक्रोशित भीडले एकै पटक १५ वटा हिन्दु मन्दिरमा आक्रमण गरेको छ । मन्दिरमा आक्रमणका क्रममा केही मुर्ति पनि तोडफोड गरिएको छ।

यसका अलावा हिन्दुहरुका एक सयवटा घरमा पनि आगो लगाएर खरानी बनाइएको छ । त्यस क्रममा हिन्दुहरुको घरबाट लुटपाट पनि मच्चाइएको छ।
आइतवार दिउँसो फेसबुकमा एउटा स्टाटस पोस्ट गरिएपछि विवाद शुरु भएको थियो । यो पोस्ट इस्लामविरुद्ध रहेको भन्दै उग्र भीड सडकमा उत्रेको थियो ।

पुलिसले फेसबुकमा पोस्ट गर्ने व्यक्तिलाई गिरफ्तार गरी हिरासतमा लिएको छ । मन्दिरमा हमला गरेको आरोपमा ६ जनालाई पनि हिरासतमा लिइएको छ ।

समाचार अनुसार भीडले ब्राह्मणबरियाको नसिरनगर इलाकामा १५ वटा मन्दिर भत्काएका छन् । एक सय भन्दा धेरै घरमा आगो लगाएर क्षतिग्रस्त बनाइ लुटपाट पनि मच्चाइएको छ ।

नसिरनगर र माधवपुरमा पुलिस, सशस्त्र पुलिसको बटालियन र र्यापिड एक्सन बटालियन तथा बोर्डर गार्ड बंगलादेशलाई पनि तैनाथ गरिएको छ ।
पुलिस कमिश्नर रिजवान उर रहमानका अनुसार पुलिस आफ्नो तर्फबाट कडा कारवाहीमा उत्रिसकेको छ । यसैबीच हिन्दू नेताहरुले पनि आफूहरुको समुदायमा हमला भएपछि अन्य हिन्दु धर्मावलम्बीमा त्रास छाएको बताएका छन् ।

मुस्लिम बाहुल्य बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि यस्तो आक्रमण हुनु नयाँ घटना नभए पनि यो आक्रमण त्यसबेला भएको छ, जतिबेला हिन्दुहरु आफ्नो महान चाड तिहार मनाइरहेका छन् ।

सन् २०१२ मा बंगलादेशको बौद्ध मन्दिरमा पनि हमला यसै किसिमको एक फेसबुक पोस्टपछि गरिएको थियो । त्यस घटनामा दुईजनाको ज्यान पनि गएको थियो । -एजेन्सी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv