Latest Updates :

७ गुण हुने केटाप्रति केटी आकर्षित


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक १५ सोमबार

मनोविज्ञहरुका अनुसार पुरुषको बाह्य आकर्षणका साथै आन्तरिक क्षमता तथा स्वभाव महिलाहरुको छनोटको मुख्य कसी बन्दछ । केटाहरुमा हुनुपर्ने गुणहरु के के हुन् ? जसलाई युवतीहरुले मन पराउँछन् । यस्ता गुण भएका युवकप्रती केटी आकर्षित हुन्छ ।

१. बुद्धिमान : युवकले कुराकानीमै चाखलाग्दो तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सकोस् । दिक्क लाग्ने राजनीतिलाई पनि रोचक रुपमा प्रस्तुत गर्न सकोस् ।

२. आत्मविश्वासी : आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । अरु पुरुषको सफलता र सौन्दर्यप्रति डाहा नगर्ने तथा गर्लफेन्डकाे अन्य पुरुष साथी तथा सहकर्मीप्रति शंकाको दृष्टिले नहेर्ने युवकहरु विशेष प्राथमिकतामा पर्दछन् ।

३. कलात्मक : यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् । आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने, जस्तै आफुले लेखेका कविता, बनाएका चित्र, कथेका चुट्किला, लेखेका गजल आदि सुनाएर केटीसाथीलाई खुसी पार्न सक्ने युवकहरुलाई प्रेमिकाको खडेरी पर्दैन ।

४. सहयोगी तथा संवेदनायुक्त : अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।

५. स्वतन्त्रताप्रेमी : स-साना कुरामा मतलब नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । डरपोक, परम्परावादी तथा कञ्जुस युवकहरुले युवतीहरुको मन जित्न सक्दैनन् ।

६.  खुश मिजास

धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

७ .सम्मान दिन जान्ने
केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv