भारत र पाकिस्तानबिच यतिका दिनसम्म तनाव चलिरहेको र यी दुई देशविच युद्द हुने संकेत देखिएको छ । यस्तो तनावको वाबजुद पनि भारतमा हुने बिभिन्न कार्यक्रममा भाग लिन विदेशी यूवा यूवतीहरु आउने क्रम जारी छ।
भारतको चण्डीगडमा आयोजीत् एक ‘ग्लोबल यूथ पीस फेस्ट-2016’ कार्यक्रममा भाग लिन विभिन्न ३३ देशबाट आएका दुई सयभन्दा बढी यूवा यूवतीहरुले भाग लिएका थिए । सोमबार सम्पन्न उक्त कार्यक्रममा सबै देशका सहभागीहरुले शान्तीपुर्वक कार्यक्रम सम्पन्न गरि जाने बेलामा ‘जुन उद्देश्यले यहाँ आएका थियौं तेही सन्देस आ-आफ्नो देशमा फैलाउनु आवश्यक छ’ भन्दै आफ्नो मुलुक फर्किए ।
सोहि कार्यक्रममा भाग लिन ६ दिन अघि आएका पाकिस्तानी यूवतीहरुले फेस्टको अन्तिम दिन दुई देशबिच भड्किएको सम्बन्धलाई सुधार्नु पर्ने सन्देस दिएका छन् । जादा जादै उनीहरुले ‘भारतीय जनताहरु एकदम ठिक छन्,आई लव इन्डिया, हामी फेरी मिल्ने छौं’ भन्दै नमस्कार गर्दै बिदा भए । दुई देशका जनता यूद्द हैन शान्ति र स्थिरता चाहान्छन भन्दै भारतीय मिडिया दैनिक भास्करले खबर छापेको छ।
Post a Comment