शास्त्र भन्छ: दिपावलीमा माता लक्ष्मी, श्री गणेश, माता सरस्वतीको तस्विर कसैलाई पनि उपहारका रुपमा नदिनुस्
दिपावलीमा हामीहरु मध्य कतिपयको स्वभाव शभकामनाको साथसाथ उपहार पनि आदानप्रदान गर्ने हुन्छ । हुनत उपहारका साथसाथ शुभकामना व्यक्त गर्दा शोभनिय र आनन्दप्रद पनि हुन्छ । दिपावली तथा तिहारको उपलक्ष्यमा प्रायजसोले उपहारको रुपमा भगवानको तस्विर तथा मूर्ति दिने चनल पनि छ ।
तर दिपावलीमा भगवानको तस्विर उपहारका रुपमा अरुलाई दिनु हुन्न भन्ने शास्त्रिय मान्यता छ । भगवानको मूर्तिका साथ साथ अरु पनि कतिपय सामानहरु छन् जुन दिपावलीमा अरुलाई उपहारको रुपमा दिन हुँदैन ।
आज हामी दिपावलीमा उपहारका रुपमा दिन नहुने केही महत्वपूर्ण सामानका बारेमा जानकारी गराउँदै छौं ।
१. भगवानको तस्विर वा मूर्ति
वास्तु तथा शास्त्र अनुसार भगवानको मूर्तिहरु वा तस्विर उपहारको रुपमा कहिल्यै पनि दिनु हुँदैन । कारण के हो भने, भगवानको पूजा गर्ने तरिका वा विधान हुन्छ । अनि यस्था तस्विर वा मूर्तिहरु आफैले किनेर स्थापित गर्नु उचित हुन्छ । तसर्थ दिपावलीमा भगवानको मूर्ति वा तस्विर उपहारको रुपमा नदिनुस् ।
२. आफुलाई काम लाग्ने सामान
तपाईले आफ्नो कार्यलाई आधार मानेर नै जिवनमा सफलता प्राप्त गर्न सक्नु हुन्छ । यदि तपाई यस्ता सामान अरुलाई दिनुहुन्छ भने यसको अर्थ तपाई आफ्नो प्रगतिको बाटो स्वयं आफैले टाल्दै हुनुहुन्छ । यस्ता सामान अरुलाई दिनु भनेको आफ्नो प्रगति आफैले रोक्नु हो ।
३. पानी उगाउन प्रयोग हुने सामान
हामीहरु मध्य प्रायजसोले पानी उगाउन प्रयोगमा आउने भाडाकुडा वा त्यस्तै सामान उपहारका रुपमा दिने गर्दछौं । यस्ता सामानहरु हेर्दा चिटिक्कको लाग्छ । तर वास्तु अनुसार यस्ता सामान अरुलाई उपहार दिनु भनेको आफ्नो हानी निम्त्याउनु हो । जसले यस्ता सामान उपहारका रुपमा ग्रहण गर्दछ उसले पनि आर्थिक समस्याको सामना वा पैसाको कमिको सामना गर्नूपर्छ ।
४. तीखो सामान पनि उपहारमा नदिनुस्
वास्तु शास्त्र अनुसार, तीखो सामानहरु उपहारका रुपमा अरुलाई दिदा ग्रह दशा खराब हुन्छ । यदि तपाई कसैलाई चक्कु, कैंची, खुकुरी, नेलकटर जस्ता कुनैपनि सामान उपहारका रुपमा दिने सोचमा हुनुहुन्छ भने तुरुन्त आफ्नो बिचारमा परिवर्तन गर्नुहोस् । यसले उपहार दिने र लिने दुवैलाई खरावी पुर्याउँछ ।
५.रुमाल बिर्सेर पनि नदिनुस्
तपाईंले सुनेकै हुनुपर्छ रुमाल उपहारका रुपमा दिनु हुँदैन । वास्तु शास्त्र अनुसार, रुमाल उपहारका रुपमा प्रदान गर्दा आपसी सम्बन्ध बिग्रिने र नाता तथा सम्बन्धमा चिसोले प्रवेश गर्न थाल्छ ।
तसर्थ, यस वर्षको दिपावली तथा लक्ष्मी पूजामा माथि उल्लेखित सामानहरु बिर्सिएर पनि उपहारका रुपमा अरुलाई प्रदान नगर्नुस् ।
Post a Comment