Latest Updates :

रक्सीको सुनामी छालले ८ जनाको ज्यान गएपछि …


SHARE THIS POST :
सत्यखबर
काठ्माण्डौ १५ कात्तिक:

विश्वमा एउटा ठाउँ यस्तो छ जहाँ कुनैबेला बियरको भयंकर सुनामी आएर आसपासका क्षेत्र समेत तहसनहस पार्यो र १५ फिटसम्म अग्लो बियरकोे छालले केही व्यक्तिको ज्यान समेत लियो । यो बेलायतको घटना हो । सन् १८१४ को अक्टोबर १७ मा लण्डनको सडकहरुमा हेर्दाहेर्दै १५ फिट अग्लो बियरको छाल आयो । उक्त बियरको भयंकर सुनामीले पूरै बेलायतलाई हल्लाइदियो । त्यसदिन लण्डनको सडकमा १४ लाख ७० हजार लिटर बियर बगेको थियो । एउटा बियर कारखानामा भएको दुर्घटनापछि यति ठूलो परिमाणमा बियर पोखिएर सडकमा बग्दा सुनामी नै आएको थियो ।

लण्डनको सेन्ट जायल्समा रहेको बियर उत्पादक कम्पनी द हर्स शू ब्रअरीको कारखानामा २२ फिट अग्लो काठको बियर राख्ने ट्यांकी थियो । उक्त बियर ट्यांकीको किला खुस्किएसँगै त्यसमा रहेको ३५ हजार ब्यारल तातो बियर पोखियो । बियरले कारखाना भत्काउँदा कारखानामा आगालागी भयो र अरु बियर ट्यांकीमा पनि विस्फोट भयो । विस्फोट यदि भयानक थियो की कारखाना ध्वस्त पार्दै बाहिर निस्किएको तातो बियरको सुनामीका कारण लण्डनका सडकमा १५ फिट सम्म अग्लो छाल उठ्यो । ३ लाख २० हजार ग्यालेन जति बियर सडकमा बग्यो । बियरको सुनामीले एक बालिका सहित ८ जनाको ज्यान लिएको थियो । कैयन् घरहरु बियरले बगायो ।

यो दुर्घटना यति भयंकर थियो की दुर्घटनाबाट बौरिन लण्डनलाई कैयन् महिला लाग्यो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv