Latest Updates :

श्रीमतिहरुले प्रहरीमा निबेदन दिदै भने, सरकार ! पचास हजार घर बनाउन की ? रक्सि खान !


SHARE THIS POST :

चरिकोट १७ असोज - आफ्ना श्रीमान र समाजमा रहेका पुरुषहरुले रक्सी खाएर हिडेपछि जिल्ला प्रहरी कार्यलय दोलखामा निबेदन परेको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखामा आएका भिमेश्वर नगरपालिका वडा नम्बर ११ का स्थानियबासी महिलाहरुको जुलुसले सरकारले दिएको घर बनाउने ५० हजार रकम आफ्ना श्रीमान्,ससुरा, दाजुभाईहरुले नै सक्न लागेको भन्दै स्थानिय स्तरमा उत्पादन हुने मदिरा नियन्त्रण गरी सभ्य समाज निमार्ण गर्न सहयोग पु¥याईदिन माग गरेका हुन् ।

महिलाहरुले जिल्ला प्रहरी कार्यलय दोलखामा आएर सरकार हामीलाई दिएको पचास हजार अनुदान रकम हाम्रा श्रीमान् दाजुभाईलाई रक्सीखान हो की ? घर बनाउन हो , भन्दै आफ्ना श्रीमान् र दाजुभाईहरुको गोजीमा भएको पचास हजार जोगाई सहयोग गर्दीन आग्रह गरे । सरकारले दिएको भुकम्पपिडित जनताको लागि आबास अनुदान रकम दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ११ माझगाउँका स्थानिय केहि पुरुषहरुले रक्सी खाएर सक्न लागेपछि त्यहाँका महिलाहरु अनुदान रकम सदुपयोग गर्न माग राख्दै प्रहरी समक्ष पुगेका हुन् ।

महिलाहरुले प्रहरी समक्ष स्थानियस्तरमा उत्पादन हुने लोकल रक्सीका भट्टीहरु बन्द गरीदिनु पर्ने ,दर्ता बिना नै सञ्चालनमा आएका रक्सी तथा मदिरा पसलहरु बन्द गरिदिनु पर्ने ,रक्सी खाएर रातभरी होहल्ला गर्नेलाई कारबाहि गरिनु पर्ने लगायत माग राख्दै निबेदन दर्ता गराएका हुन् । भीनपा ११ की ४४ बर्षिय मञ्जु चर्मकार भन्छिन, घरमा बालबच्चा भोकै छन् ,श्रीमान्ले सरकारले दिएका ५० हजार रकम रक्सी खाएर नै सिध्याउन लागे, दिनमा नै ५ देखि १० हजार सिध्याउछन् ,यो रकम १० दिनमा रक्सी खाएर सिध्याउने भए । घर केले बनाउने कटेरोमा बसेर बिभिन्न सकस ब्यहोरीरहेका छौ ।

श्रीमान् सुधार्न सकिन्छ की भनेर हामी प्रहरी कार्यलय सम्म आएको हो उनले बताईन् । स्थानिय महिलाहरुका अनुशार भिनपा ११ का जोईगाउँ देखि,माझगाउँ,कुर्पी चमारी लगायतका भट्टीहरुमा जथाभाबि मदिरा बेचिरहेका र आफ्ना समुदायका पुरुषले रक्सी खाएको बताउदै मदिरा उत्पादन र बेचबिखन गर्न रोक लगाइ सहयोग गरी राम्रोसँग बसोबासमा सुरक्षा ब्यबस्था मिलाईदिन आग्रह गरेका छन् । महिलाहरुले आफु र आफ्ना बालबच्चा समेत राम्रोसँग सुत्न समेत नपाएको बताउँदै दुखेसो पोखेका हुन् । यता जिल्ला प्रहरी कार्यलय दोलखाले भने महिलाहरुले निबेदनको तुरुन्त कार्यन्वयन गरि रक्सी नियन्त्रण गर्ने बताएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv