बौद्ध र्धम मार्गीको खादाले आफ्नो गोप्य अंग छोपेर सर्वाधिक विवादित बनेकी नायिका शुभेच्छा थापाले आफुले कुनै पोर्न फिल्म नखेलेको बताउँदै नेपाली फिल्ममा बेड सिन दिनु कुनै नौलो कुरा नभएको बताएकी छन् यी आन्टी थापा अभिनेत्रीले एक टेलिभिजन टक शोमा भनेकी छन्, ‘मैंले कुनै पोर्न फिल्म खेलेको छैन ।
वेड सिन नभएको फिल्म नै हुँदैन । पहिलाका फिल्महरुमा पनि वेड सिन थिए ।’ आफुले खेलेका थुप्रै सभ्य सिरियल र राम्रा राम्रा लोक दोहोरी भिडियोको चर्चा नभएको तर त्यस्ता फिल्मको चर्चा बढी भएको उनले गुनासो पोखेकी छन् । त्यस्तै एघार वर्ष देखि कलाकारितामा लागेको बताउँदै शुभेच्छाले आफुलाई करिश्मा मानन्धर, रेखा थापा र झरना थापा हुने चाह नभएको बताउँदै आफ्नो स्थान आफै बनाउन लागेको तर्क गरेकी छन् ।
विशेषतः भल्गर फिल्ममा दिएका दृश्य र संवादका कारण विवादित हुँदै आइरहेकी शुभेच्छाले सोही दर्जाको ‘विन्दास ३’ नामक फिल्ममा अभिनय गरेकी छन् । आउँदो साता प्रदर्शनमा आउने फिल्मको चर्चाका लागि शुभेच्छाले विभिन्न हरकत गर्दै आइरहेकी छन् ।
Post a Comment