Latest Updates :

घर रंगाउदै हुनुहुन्छ ? यसकारण खतरनाक छन यी रंग


SHARE THIS POST :

तिहार र छठ लगायतका पर्वको अवसर पारी घर तथा  कार्यलय रंगाउन पेन्ट्स किन्दै हुनुहुन्छ ?  पेन्ट्स किन्नु अघि एक पटक सोच्नुस । तपाईले घरलाई राम्रो बनाउन लगाउने पेन्टले स्वाथ्यलाई ठूलो असर पार्न सक्छ ।
रंग चम्किलो देखाउन अधिकत्तम लीड ( सिसा) राखिएका पेन्ट्सहरु बजारमा बिक्री भइरहेका छन् । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड)ले गरेको अध्ययनले पेन्ट्समा अत्याधिक सिसा मिसाएको भेटाएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहका हनुसार –‘केही कम्पनीका पेन्ट्समा सिसाको प्रयोग घटे पनि त्यो अझै बढी छ ।’
बर्जर, एसिएन, कन्साई, पशुपति, नेरोल्याक, शालिमार जस्ता पेन्टसमा सिसा भेटिएको थियो । सिफेडले २१ कम्पनीका ४९ वटा नमूना परिक्षण गरेको थियो ।

सिफेडले २०१२ मा गरेको अध्ययनमा पेन्ट्समा ९० पीपीएम सिसा हुनुपर्नेमा १ लाख ३० हजार पीपीएमसम्म भेटिएको थियो । २०११ मा त्यो भन्दा अझ बढी २ लाख १२ हजार पीपीएम सिसा भएका पेन्ट्सहरु बजारमा बिक्री भएका थिए ।

‘अहिले पनि पशुपति पेन्टमा सिसाको मात्रा बढी छ, सिफेडका निर्देशक शाहका अह अनुसार ‘अन्य केहीले घटाएका छन् ।’

नेपालमा पेन्ट्समा कति सिसा हुनुपर्छ भन्ने मापदण्ड नभएको मौकामा पेन्ट्स कम्पनीहरुले स्वाथ्यमाथि खेलवाड गर्दै सिसा मिसाँउदै आएकाछन । बहुराष्ट्रिय कम्पनीहरुले सिसाको प्रयोगलाई घटाउदै लगेका छन भने नेपाली कम्पनीहरुमा अझै पनि बढी रहेको उनको भनाई छ ।
नेपालमा आयात तथा उत्पादन भएका पेन्टसमा सिसाका साथै पारो, आर्स्निक, क्याटोमियुक जस्ता घातक रसायनहरु मिसाइएको छ । जसले जनस्वाथ्यमा प्रत्यक्ष असर पार्दछ । मानिसको शरीरमा सीसाको मात्रा बढ्दै जाँदा पाचन प्रणाली, मस्तिष्क, मेरुदण्ड र नसामा असर गर्छ । लीडले रक्तअल्पतासँगै मिर्गौलालाई असर पार्छ ।

शरीरमा क्याल्सियम र आइरन कम हुँदा हाडमा जाने रगतमा रहेको सीसाले मृत्यु समेत गराउँछ । बालबच्चाको रगतमा १५०० मिलीग्राम सीसा जम्मा हुँदा मृत्यु समेत हुन सक्छ । लीडले वयस्कको समेत राता रक्तकोषिकालाई मार्दै जान्छ ।
मानिसको शरीरमा हावा, खाना र पानीको माध्यमबाट सिसा प्रवेश गर्दछ । पेन्ट्समा हुने सिसा नेपालका वालवालिकामा समेत भटिएको छ । सिसाले बौद्धिक क्षमता, मानसिक क्षमतालाई कमजोर बनाउछ भने आखाको दृष्टि क्षमता पनि घटाउने, अनिन्द्रा हुने, छाडेरोग लाग्ने, अचेत हुने, मृगौलाले काम गर्न छाडने, बाँझोपन र नपुंसक हुने हुन्छ । यसले गर्भवती महिलालाई गर्भपतन गराउने तर्फ वैज्ञानिकहरुले चेतावनी दिएकाछन ।

सिसा संसारकै प्रमुख ६ विषमध्ये पहिलोमा पर्छ । यसका कारण विश्वका १ दशमलव ८ देखि २ दशलव २ करोड मानिस प्रभावित रहेको विश्व स्वाथ्य संगठनको तथ्यांक छ ।
अमेरिकामा ९० पीपीयम सिसा मिसाउन सकिने मापदण्ड छ भने भारतमा एक हजार, श्रीलंकामा ६ सय पीपीएम रहेको छ । नेपाल र बंगलादेशमा मापदण्ड बनिसकेको छैन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv