Latest Updates :

यो तस्बिर हेर्दा अस्लिल लाग्न सक्छ तर यो फोटोको कथा पढ्नु भयो भने आशु रोक्न सक्नु हुदैन | यस्तो छ वास्तविक फोटो कथा


SHARE THIS POST :
लाइट नेपाल

युरोपका चर्चित आर्टिस्ट मुरिलो द्वारा निर्मित यस जवानीले भरिपुर्ण कसिलो महिलाले बुढो मान्छेलाई निर्धक्क स्तन पान गराईएकोरहेको यो तस्बिर पहिलो पटक हेर्दै हुनुहुन्छ भने तपाईले पक्कै पनि दिमागमा नकारात्मक सोच बनाई सक्नु भएको छ किनकि यो तस्बिर पूर्ण रुपमा छाडा, अश्लिल र अपाच्य छ ।

आफ्ना नातेदारसंगै यो तस्बिरहरु हेर्न सक्नुहुन्न र मनमनै भन्दै पनि हुनुहुन्छ होलाकि यस्तो पनि कला आर्ट हुन्छ? पक्कै पनि यो कलाकार छाडा हुनु पर्छ वा यौन प्रति लिप्त व्यक्ति हुनुपर्छ । तर जब तपाईले यस तस्बिरको बास्तबिक कथा थाहा पाउनु हुनेछ तब आशु नै झार्न नसके पनि मनलाई भने कटक्क दुखाउनु पक्कै हुनेछ । साच्चै नै यसमा मन छुने र दुख्ने कथा समेटेको छ । एक कालखण्डमा युरोपको एक देशमा एक वृद्धलाई कुनै अपराध गरेको कसुरमा जेल हालियो ।


जेल संगै त्यस देशको न्यायालयले निज बृद्धलाई मृत्यु दण्ड दिने र मृत्यु दण्ड पनि भोकले सताएर मृत्यु दण्ड दिने फैसाला गर्यो । यस पछी वृद्धको दिनहरु खाना र पानि बिना काट्न थाल्यो र मृत्युको लागि छटपटिन थाल्यो । यसै बीच छोरीले बिनम्र न्यायलयमा बृद्ध बुबालाई हरेक दिन जेलमा भेट्ने अनुरोध र निबेदन गरिन ।


न्यायलयले पनि उनलाई ईजाजत दिइयो । यस पश्चात छोरीले बृद्ध बुबालाई हरेक दिन भेट्न थालि तर छोरीलाई बृद्ध बुबा भेट्न अघि शरीर एबम झोलाको राम्रो संग जांच गरिन्थ्यो लुकाएर छोरीले कुनै खानेकुरा लान नपाओस यद्यपी छोरीको साथबाट कुनै खानेकुरा भेटिएन । दिनदिन बृद्ध बुबाको हालत खराब हुदै गएको देखेर बृद्ध बुबालाई बचाउने जुक्ति निकाली तत् पश्चात लुकीलुकी बुबालाई आफ्नो दुध पिलाउन थाली ।


यसरि समय क्रम बढ्दै जादा हप्ता महिना बित्यो तर बृद्ध मार्दै मरेंन बरु पुस्ट भएर आउँन थाले । यसले जेलरलाई शंका लाग्यो र सिपाहीहरुलाई चियो गर्न लगायो । अनि मात्र बृद्ध बुबालाई स्तनपान गराएर बचेको रहस्य खुल्न आयो ।यस पश्चात छोरीलाई पनि मुद्धा लगाईयो र कारबाही प्रक्रिया अघाडी बढाईयो । धेरै समय जेल अबधि भोगे पछी न्यायलयले बृद्ध बुबा र छोरीको नाममा फैसाला गर्यो र उनिहरुलाई कारबाही र जेल मुक्त गर्यो यो रहस्य कलाकार कथा मुरिलोले धेरै पछी मात्र सार्बजानिक गरेका थिए । यस पश्चात यस तस्बिरको धेरै महंगोमा बिक्रि गरेको थियो । -गन्थन खबरको सहयोगमा


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv