एजेन्सी , अमेरिकामा एक युवतीले अन्जानमा आफंनै हजुरबुवासँग विवाह गरेकी छिन्। उसलाई विवाहको तीन महिनापछि मात्रै आफ्नै हजुरबुवासँग विवाह भएको थाहा भएको थियो। जब उनले पतिले राखेको एल्बममा आफ्नो बुवाको तस्बिर देखेपछि उनी अचम्मित भएकी थिइन्।
तर अब विवाह सम्मपन्न भइसकेको र समय बितिसकेकाले उनीहरु आपसमा छुट्टिन नचाहेको बताएका छन्। फ्लोरिडाको २४ वर्षीया एक युवती करीब ६८ वर्ष उमेरको एक करोडपति पुरुषसँग मायामा फसेकी थिइन्। उनीहरुले केही महिना अघि मात्र विवाह गरेका थिए। उनीहरु त्यसपछि फ्लोरिडा छोडेर मियामीमा रहन थाले।
एक दिन पतिले आफ्नो पुरानो फोटोको एल्बम हेर्ने भनेर पत्नीसँग सोधपुछ गरेका थिए। पत्नीको हुन्छ स्विकृतिमा उनले पुरानो एल्बम हेर्न थाले जसमा करोडपतिको पहिलो पत्नीको तस्बिर थियो जुन केही समय पहिले सम्बन्ध विच्देछ भएको थियो।
यही क्रममा एउटा फोटोमा गहिरिएर हेरिन र सोधिन, ‘यो फोटोमा अर्को मानिस को हो?’ पत्नीको जवाफमा करोडपतिले भने, ‘यो मेरो छोरा हो।’
यसपछि उनलाई तनाव हन थाल्यो। अर्को तस्बिरमा हेर्दा उसको हजुरबुवासँग रहेको मानिस अरु कोही नभएर उसकै बुवा भएको चिनिन्।
त्यसपछि पत्नीले करोडपतिलाई भने, ‘म हाइ स्कुलमा पढ्दा एउटा केटासँग अफेयर हुँदा म गर्भवती भएकी थिए। यो कुरा बुवालाई सुनाउँदा मलाई घरबाट निकालि दिएका थिए। त्यहादेखि आफ्नो बच्चाको साथ ज्याक्सनविलेमा बस्न थाले। त्यहाँ बच्चाको खर्च चलाउन एउटा डान्सबारमा काम गर्ने गर्थे।’ उनी आफ्नो बुवाको तस्बिरले निरास भएकी भए पनि आफूलाई विवाह बारे कुनै पछुतो नभएको बताइन्।
यता, करोडपतिले यो विवाह फ्नो तेस्रो विवाह भएको बताएका छन्। उनको पहिलो विवाह सन २००९मा चरम आर्थिक किचकिचले छुट्टिएको थियो। यसपछि लोटरी खेल्नतिर लागे। दुई वर्षपछि ठुलो लोटरी पर्यो। उनी करोडपति भए।
उनको यो तेस्रो पत्नीसँग भेटघाट र डेटिङ एउटा वेबसाइट मार्फत भएको थियो। उनी भन्छन्, ‘अनलाइनमा भेरेटर डेटिङ गरेर कन्या खोज्दा राम्री पाएकी छु। यसमा हामी दुवै एक अर्काप्रति खुसी र आकर्षित भएको बताइ्न।’उनीहरु धेरै पटक बाहिर घुम्न गए तर कसैले पनि थाहा पाएनन् की पत्नी र नातिनीमा।
Post a Comment