Latest Updates :

भारतीय सैनिकको टाउको काट्न सीमामा आतंकबादीको बिशेष टिम तयार रहेको मिडियाले गर्यो खुलासा - See more at:


SHARE THIS POST :

पाकिस्तान प्रशिक्षित र समर्थित आतंकबादी समूहले विशेष ‘बोर्डर ऐक्सन टीम’ तयार पारेको समाचारमा जनाइएको छ ।

भारतीय गुप्तचर सूचनाका आधारमा प्रकाशित यो समाचारमा यो विशेष टिमले भारतीय सेनाको टाउको काट्ने विशेष तालिम लिएको छ । सन् २०१३ मा लश्कर-ए- तोइबा सम्बद्ध आतंकबादीहरुले लाइन अफ कन्ट्रोलमा एक भारतीय सैनिक जवानको टाउको काटेका थिए । उक्त घटना जस्तै अवस्था दोहोरिने खतरा पनि गुप्तचर सूचनाको हवला दिँदै औंल्याएको छ ।

रिपोर्टमा आतंकबादीहरुले बारामुला आक्रमणपछि त्यहाँ झण्डा फहराउने भारतीयहरुमाथि आक्रमण गर्ने तयारीमा आतंकबादीहरु रहेको उल्लेख छ । बारामुला जिल्लामा लश्कर र हिजबुल मजाहिदिन जस्ता आतंकबादी संगठनको पकड रहँदै आएको छ ।

मल्टी-एजेन्सी सेन्टरबाट तयार पारिएको गुप्तचर रिपोर्टमा भारतका सीमावर्ती क्षेत्र बांदीपुर, पुलवामा, बारामुला र अनंतनागका शैन्य शिविरमा आतंकबादी आक्रमण हुने उच्च खतरा रहेको भनिएको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv