"सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्” योजना अन्तर्गत तेस्रो साप्ताहिक उपहार यादवलाई
काठमाडौँ । विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ। “ सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस” उपहार कार्यक्रमबाट हरेक हप्ता एक जना भाग्यशाली विजेताले ३२ इन्चको एल.इ.डि. टेलिभिजन उपहार प्राप्त गर्न सक्नुछन्। सोही योजना अन्तर्गत एक जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै चार आना घडेरी जित्न सक्नुछन् । यही कार्यक्रम अन्तर्गत् यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादवले ३२ इन्च एल.इ.डि. टेलिभिजन प्राप्त गरेका छन् । उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई रकम पठाएका थिए।
Post a Comment