काठमाडौँ । फोटो खिचेको थाहा पाएपछि गौरीले बडिगार्डलाई पठाएर फोटोग्राफरलाई बोलाइन् र फोटो डिलिट गर्न अनुरोध गरिन् । तर, फोटोग्राफरले नमानेपछि गौरीले उनलाई पाँच हजारको अफर गरिन् । बलिउड अभिनेता शाहरुख खानकी पत्नी गौरी खानसँग जोडिएको एउटा अचम्म लाग्ने समाचार अहिले भाइरल भइरहेको छ ।
भारतीय ‘पपुलर वेबसाइट’मा छापिएअनुसार गौरीले एक फोटोग्राफरलाई आफ्नो फोटो ‘डिलिट’ गर्न पाँच हजार भारतीय रुपैयाँको अफर गरेकी थिइन् । वेबसाइटमा छापिएको रिपोर्टअनुसार गौरीले त्यतिवेला नयाँ सोरुमका लागि ठाउँ खोज्दै थिइन्, जब फोटोग्राफरले उनको फोटो खिचिहाले । तर, आफ्नो फोटो खिचेको गौरीलाई थाहा भइहाल्यो । उनले बडिगार्डलाई नै पठाएर फोटोग्राफरलाई बोलाइन् ।
त्यहाँ उनको पहिलो अनुरोध थियो, ‘फोटो डिलिट गरिदिनुस् ।’ तर, फोटोग्राफरले मानेनन् । त्यसपछि गौरीले उनलाई पाँच हजारको अफर गरिन् । तर, फोटोग्राफरले उनको पैसा लिन मागेनन् । ती फोटोग्राफरले त्यो फोटो सामान्य फोटो भएको पनि बताएका छन् ।
Post a Comment