Latest Updates :

राष्ट्रपतिको सुरक्षामा ‘ड्रोन’ क्यामराको प्रयोग


SHARE THIS POST :

प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा ट्राफिक व्यवस्थापन गर्न आइतबार ‘ड्रोन’ क्यामरा प्रयोग गरेको छ ।छठ पूजाका लागि कमलपोखरीमा आएकी राष्ट्रपति भण्डारीको सवारीमा ट्राफिक व्यवस्थापनका लागि ड्रोन क्यामरा प्रयोग गरेको प्रहरी सूचना निर्देशनालयका प्रमुख डिआईजी राजिव सुब्बाले जानकारी दिए । ‘अन्य मुलुकमा विशिष्ट व्यक्तिको सुरक्षाका लागि गोप्य रूपले ड्रोन क्यामराबाट सूचना संकलन गरिन्छ,’ उनले भने, ‘अब यहाँ पनि प्रयोग गर्छौं, बिस्तारै प्रहरीलाई प्रविधिमैत्री बनाउनै पर्छ ।’

आइतबार महानगरीय ट्राफिक महाशाखाले राष्ट्रपति भण्डारीको सवारीअघि कमलपोखरी त्यस आसपासको ट्राफिक व्यवस्थापन दुइटा ड्रोन क्यामराबाट नियालेको थियो । क्यामराले केहीबेर सुरक्षा गतिविधि पनि अवलोकन गरेको थियो । ड्रोन क्यामराबाट करिब २१–२१ मिनेट सूचना संकलन गरिएको थियो । घरको छतबाट ड्रोन क्यामरा उडाई मोबाइलको स्क्रिनबाट त्यस क्षेत्रको गतिविधिलाई नियालिएको हो । ‘ड्रोन क्यामराले ५ सय मिटर उचाइबाट छठ पर्वमा भइरहेको गतिविधि नियालेको थियो,’ महाशाखाका डीआईजी प्रकाश अर्यालले भने ।

उनले यो प्रविधिलाई ट्राफिक व्यवस्थापनमा मात्र सीमित नगर्ने बताए । ‘ठूलो जनशक्ति परिचालन गरेर सूचना संकलन गर्नभन्दा ड्रोन क्यामराबाट छिटो र छरितो गरी सूचना संकलन गर्न सकिन्छ,’ उनले भने, ‘कन्ट्रोल रुमबाट ड्रोन क्यामराले कैद गरेका फुटेज सजिलै लिन सकिन्छ । ड्रोन क्यामराबाट करिब १ किमि वरिपरिको दृश्य अवलोकन गर्न सकिन्छ ।’-नागरिक दैनिक


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv