हरि कृष्ण न्यौपाने- कुवेतको ब्यस्त शहर साल्मियाको गल्फ रोडमा डिउटी सकेर साइकलबाट कोठामा फर्कने क्रममा नोभेम्बर-४ तारिक बेलुकी करिब ११:३० बजे कारले ठक्कर दिदा मकवानपुर,फापरबारीका २९ बर्षिय अमृत कुमार बोम्जन (तामाङ)को घटनास्थलमै मृत्यु भएको छ।
मृतक बोम्जन संगै बस्ने भक्तपुरका रमेश लुइटेलले अबेला सम्म बोम्जन कोठामा नआए पछी उनको मोबाइलमा संपर्क गर्दा कुवेत प्रहरीले घटनाको बारेमा जानकारी गराए पछी मृतका साथीहरु साल्मिया प्रहरी थानामा गएर जानकारी लिएका थिए।प्रहरीले बोम्जनलाई ठक्कर दिने कारलाई नियन्त्रणमा लिएको छ भने मृतकको शबलाई फर्मानिया अस्पातल पठाइएको छ।
एमएमसी क्याटरिङ्ग कम्पनीको मेम क्याफेमा कार्यरत पासपोर्ट नं-०७२५१२९९का अमृत कुमारको सडक दुर्घटनाका बारेमा नेपाली दुताबास

कम्पनी र घर-परिवारलाई समेत खबर गरि सकिएको छ।
आबश्यक कानुनी प्रकृया पश्चात छिट्टै मृतको शबलाई नेपाल पठाइने र कुवेत प्रहरीले दिएको दुर्घटना विवरणको आधारमा सडक दुर्घट्ना बिमाको लागि पहल गरिने नेपाली दुताबास कुवेतका प्रथम सचिब अम्बिका जोशिले तितोपाटी डटकमलाई बताए। सन २०१२ मा एमएमसी क्याटरिङ्ग कम्पनीमा बरिस्ता(जुस बनाउने काममा)आएका मृतक अमृत कुमार बोम्जनको घरमा श्रीमती, भर्खरै(१२ दिन अघी जन्मिएको) १ छोरा, तथा आमा-बुवा उनकै कमाइमा आश्रित रहेका छन। नेपाल कुवेटबाट साभार
Post a Comment